४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भारतमा लोकसभा चुनावको मतदान, नागाल्याण्डको ६ जिल्लामा शुन्य मतदान



काठमाडौं, छिमेकी देश भारतमा लोकसभाको पहिलो चरणको मतदान हिजो सम्पन्न भएको छ । लोकसभाको १०२ सिटहरुमा भएको मतदानमा समग्रमा बाह्र प्रतिशत मत कम खसेको बताइएको छ । समग्रमा २०१९ को ७० % बाट  २०२४ मा ५८ % मा झरेको भारतिय मिडीयाहरुले जनाएका छन् ।

सबैभन्दा रोचक कुरा पूर्वी नागालैण्डको ६ जिल्लामा एक मत पनि खसेन् । भाजपाको ६ विधायक भएकोमा विधायकले समेत मतदान नगरेको अनौठो रेकर्ड कायम भएको छ ।

विहारको ४ सिटमा ४४ % मतदान भएको छ जुन् ६ % ले कमी हो । नवादा लोकसभा सिटमा ४१% मात्र मतदान भएको छ ।राजस्थानको १२ सिटमा ९ % ले कम मतदान भएको बताइएको छ भने महाराष्ट्रको ५ सिटमा ६ % ले कम मतदान भएको बताइएको छ ।

यो कम मतदानबाट सत्तारुढ भाजपाको चार सौ पार नारालाई असर पर्न सक्ने अनुमान गरिएको छ । सन् २००४ मा पनि कम मतदान हुंदा अटल बिहारी बाजपायीको साइनिङ इन्डिया नारा असफल भएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ९ : ०२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज