६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिक्षकहरुलाई सम्मान गर्दै कनकाईमा शिक्षक संघको पाँचौं प्रतिनिधी सभा सम्पन्न



कनकाई,आज झापामा कनकाई नगरपालिका नेपाल शिक्षक संघको पाँचौं प्रतिनिधी सभा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ कनकाई नगर कार्य समितीद्वारा हिमाली मावि लक्ष्मीपुरमा आयोजित सो साधारणसभाको प्रमुख अतिथी कनकाई नगरपालिकाको उपप्रमुख आशा शर्मा शिवाकोटी हुनुहुन्थ्यो ।

नेपाल शिक्षक संघ कनकाईका अध्यक्ष शुशिल श्रेष्ठको अध्यक्षता र सचिव विज्ञान दाहालद्वारा संचालित सो कार्यक्रमको विशेष अतिथीमा कनकाई-८ का वडाध्यक्ष लिलाबहादुर कटुवाल,नेपाली काङ्ग्रेस कनकाईको सभापती दुर्गा प्रसाद प्रसाई हुनुहुन्थ्यो । अन्य अतिथीहरुमा नेपाल शिक्षक संघ कोशी प्रदेश सदस्य भवानी लुइटेल,झापा जिल्ला सहसचिव मन कुमार योङहाङ,विद्यालय स.का.कोशी सहसचिव टीका गिरी हुनुहुन्थ्यो ।

नेपाल शिक्षक संघ कनकाईका उपाध्यक्ष नन्दकिशोर झाले स्वागत मन्तब्य राख्नुभएको सो कार्यक्रममा हिमाली माविका प्रधानाध्यापक तथा पूर्व नेपाल शिक्षक संघको केन्द्रिय सदस्य धर्मानन्द निरौला, विद्यालय स.का. कोशी सहसचिव टिका गिरी, कनकाई कांग्रेस सभापती दुर्गा प्रसाद प्रसाइ,वडाध्यक्ष लिलाबहादुर कटुवाल र प्रमुख अतिथी तथा कनकाई नगरपालिकाको उपप्रमुख आशा शर्मा शिवाकोटीले सम्बोधन गर्नुभएको थियो ।

कनकाई नगरपालिकाको अधिकांश नेपाल शिक्षक संघका शिक्षकहरुको उपस्तिथी रहेको सो साधारणसभामा कनकाई नगरपालिकाका विभिन्न विद्यालयमा सेवाप्रवेश तथा सरुवा भइ आउनुभएका शिक्षकहरु तथा सेवानिवृत शिक्षकहरुलाई दोसल्ला ओढाइ सम्मान तथा मायाको चिनो वितरण गरिएको थियो ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ४ : १९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज