१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् पूर्व सामान्य प्रशासन मन्त्री तथा नेका केन्द्रिय सदस्य केशव कुमार बुढाथोकी



झापा,नेपाली काङ्गेसका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री केशव कुमार बुढाथोकीको असी वर्षको उमेरमा गतराती निधन भएको छ ।

बिराट मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा गतराती निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

झापा जिल्लाको सर्वाधिक लोकप्रिय नेताको रुपमा स्थापित स्व. बुढाथोकी वि.सं. २००१ साल असोज २२ गते जन्मनु भएको उहाँ  २०४३ सालको राष्ट्रिय पन्चायतको चुनाबमा जनपक्षिय उम्मेद्वारको रुपमा सर्वाधिक मतबाट राष्ट्रिय पन्चायत सदस्यमा निर्वाचित हुनुको साथै मन्त्री समेत बन्नुभएको उहाँ यसपूर्व झापा जिल्ला पन्चायतको सभापति समेत हुनुभएको थियो ।

बहुदलपछि नेपाली काङ्ग्रेसबाट झापा जिल्ला निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुको साथै २०६४ सालको संविधान सभा निर्वाचनमा सोही क्षेत्रबाट संविधान सभा सदस्य निर्वाचित हुनुभएको थियो ।

निर्भिक,निडर र हक्की स्वभावका जनतामाझ लोकप्रिय स्व. बुढाथोकी स्थानिय नेता कार्यकर्तामाझ सेतो बाघको नामले परिचित हुनुको साथै नेपाली काङ्ग्रेसको पन्ध्रौ महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उहाँको पार्थिव शरिरलाई आजै नेपाली काङ्ग्रेसको कार्यालय झापामा श्रद्धान्जलीको लागि राखेर पछि कनकाइमा अन्त्येष्टी गरिने पार्टीले जनाएको छ ।

पार्टीले आजै शोक प्रस्ताव पारित गर्नुको साथै तिनदिनसम्म पार्टीको सबै कार्यालयहरुमा झण्डा आधा झुकाउनुको साथै सम्पुर्ण पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  २ : ५८ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र