काठमाडौं,रियालिटी गायन शो द भ्वाइस अफ नेपाल सिजन फाइभको उपाधी इलामका तेत्तिस वर्षिय विनोद राइले जितेका छन्। टिम मिलनबाट उपाधी जितेका विनोदले नगद रु बिस लाख ट्रफि र अन्य पुरस्कार जिते ।
उता टिम राजेशका मकर योन्जन फस्ट रनरअप बन्दा टिम उदयका कुमार राइ सेकेन्ड रनरअप र टिम प्रमोदका नोगेन हाङसरुम्बा चौंथो बने ।
पाँचथर याङनामका तेइस वर्षिय नोगेन हाङसरुम्बाको गायनले दर्शक र श्रोताहरुको मन छोएको थियो । पाँचथर लगायत पूर्वका विभिन्न जिल्लाहरुमा नोगेनलाई जिताउन अभियान समेत चलाइएको थियो ।
प्रतिक्रिया