५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कनकाई पुलमा माेटरसाईकल जुध्दा जापान जान लागेको छात्राकाे मृत्यु



झापा,पूर्व पश्चिम राजमार्गकाे कनकाई पुलमा बुधवार साँझ दुइवटा माेटरसाइकल जुध्दा एकजनाको मृत्युु हुनुकाे साथै ३ जना घाइते भएका छन्।झापा प्रहरीको डिएसपी खगेन्द्र प्रसनद रिजालका अनुसार मृत्यु हुनेमा बाह्रदशी -५ का १८ वर्षिया जोसिका सिग्देल रहेका छन्।

पश्चिमबाट पूर्वतर्फ आउदै गरेकाे मे ३ प ५४६३ नं काे माेटरसाइकलले साँझ ७ बजे पैदल यात्रीलाई ठक्कर दिएपछि विपरित दिशाकाे काे ३१ प ९५२९ नंकाे माेटरसाइकलसंग ठाेक्किएकाे थियाे।साे दुर्घटनामा मे ३ प ५४६३ नं काे माेटरसाइकल चालक भद्रपुर-९ का ४० वर्षिय रुद्रप्रसाद न्यौपाने गम्भीर घाइते हुनुकाे साथै पछाडि बसेकी जोसिका सिग्देल घाइते भएकोमा कानबाट अत्यधिक रक्तश्राबकाे कारण विर्तासिटी अस्पतालमा निधन भएको हाे।मृतक सिग्देल विद्यार्थी भिषामा जापान जान विराटनगर डकुमेन्ट पुर्याएर फर्कदै गरेकाे जनाइएको छ।हात र ढाडमा चाेट लागेकाे न्यौपानेको साेही अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

उता टाउकाे र हातखुट्टामा चाेट लागेकाे काे ३१ प ९५२९ नं काे माेटरसाइकल चालक दमक-१ का ४० वर्षिय शुरेश राई र पछाडी सवार इलाम चुलाचुली-४ का २९ वर्षिय निश्चल  चेम्जोङकाे विर्तामोड स्थित बि एन्ड सी अस्पतालमा उपचार भइरहेकाे र साइकलचालक अर्जुनधारा-५ का ६३ वर्षिय गंगा तामाङ दाया खुट्टामा लागेको चाेटकाे सामान्य उपचारपछि फर्किएकाे जनाइएको छ।

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  ११ : ३८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज