१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कनकाई पुलमा माेटरसाईकल जुध्दा जापान जान लागेको छात्राकाे मृत्यु



झापा,पूर्व पश्चिम राजमार्गकाे कनकाई पुलमा बुधवार साँझ दुइवटा माेटरसाइकल जुध्दा एकजनाको मृत्युु हुनुकाे साथै ३ जना घाइते भएका छन्।झापा प्रहरीको डिएसपी खगेन्द्र प्रसनद रिजालका अनुसार मृत्यु हुनेमा बाह्रदशी -५ का १८ वर्षिया जोसिका सिग्देल रहेका छन्।

पश्चिमबाट पूर्वतर्फ आउदै गरेकाे मे ३ प ५४६३ नं काे माेटरसाइकलले साँझ ७ बजे पैदल यात्रीलाई ठक्कर दिएपछि विपरित दिशाकाे काे ३१ प ९५२९ नंकाे माेटरसाइकलसंग ठाेक्किएकाे थियाे।साे दुर्घटनामा मे ३ प ५४६३ नं काे माेटरसाइकल चालक भद्रपुर-९ का ४० वर्षिय रुद्रप्रसाद न्यौपाने गम्भीर घाइते हुनुकाे साथै पछाडि बसेकी जोसिका सिग्देल घाइते भएकोमा कानबाट अत्यधिक रक्तश्राबकाे कारण विर्तासिटी अस्पतालमा निधन भएको हाे।मृतक सिग्देल विद्यार्थी भिषामा जापान जान विराटनगर डकुमेन्ट पुर्याएर फर्कदै गरेकाे जनाइएको छ।हात र ढाडमा चाेट लागेकाे न्यौपानेको साेही अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

उता टाउकाे र हातखुट्टामा चाेट लागेकाे काे ३१ प ९५२९ नं काे माेटरसाइकल चालक दमक-१ का ४० वर्षिय शुरेश राई र पछाडी सवार इलाम चुलाचुली-४ का २९ वर्षिय निश्चल  चेम्जोङकाे विर्तामोड स्थित बि एन्ड सी अस्पतालमा उपचार भइरहेकाे र साइकलचालक अर्जुनधारा-५ का ६३ वर्षिय गंगा तामाङ दाया खुट्टामा लागेको चाेटकाे सामान्य उपचारपछि फर्किएकाे जनाइएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ११ : ३८ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र