३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिक्षक संघ झापाकाे बैठक सम्पन्न,शिक्षक ऐनकाे विरुद्धमा आन्दोलनको आब्हान



विर्तामोड,नेपाल शिक्षक संघ झापा जिल्ला कार्यसमितिको बैठक नेपाली कांग्रेस पार्टी कार्यालय,गिरिजा स्मृति भवन,झापाामा सम्पन्न भएको छ।जिल्ला अध्यक्ष ताेया दाहालकाे अध्यक्षतामा भएको साे बैठकमा सम्पूर्ण जिल्ला कार्यसमितिका पदाधिकारीहरु,सदस्यहरु तथा पालिका अध्यक्षहरु तथा काेशी प्रदेश अध्यक्ष तथा प्रदेश कार्य समितिका सदस्यहरुकाे उपस्थिति थियाे।

सचिव देवेन्द्र राजवंशीद्वारा संचालित साे बैठकमा अध्यक्ष दहालले सांगठनिक गतिविधिहरु प्रस्तुत गर्नुकाे साथै नेपाल राष्ट्रिय  शिक्षक संगठनकाे कारण झापामा शिक्षक महासंघ गठन गर्न नसकिएको  तर माेरङ,पाँचथर लगायत काेशी प्रदेशमा ७ जिल्लामा शिक्षक महासंघ गठन गरिएको  बताउनुभयो ।

उता काेशीप्रदेश अध्यक्ष तेजप्रसाद चम्लागाईले भने प्रस्तावित विद्यालय शिक्षा ऐन शिक्षक मारा रहेकाे,शिक्षकहरुकाे प्रतिकुल रहेकाेले याे ऐनकाे विरुद्धमा आन्दोलन आवश्यक रहेकाेले सम्पूर्ण शिक्षकहरुकाे हकहितको लागि आन्दोलन गर्न तयार रहनुपर्ने  र याे सम्बन्धमा नेपाल शिक्षक संघ संघिय कार्यसमितिले आन्दोलनको आव्हान गरेकाे बताउनुभयो ।विद्यालय कर्मचारी,राहत शिक्षक,वालविकास स.का.तथा उच्च माध्यमिक शिक्षकहरु एवम्  निजी विद्यालयका शिक्षकहरुकाे नाममा अलगअलग आन्दोलनबाट निष्कर्ष ननिस्कने भएकोले एकिकृत आन्दोलनको विकल्प नरहेकाे चर्चा गर्नुभयो।

साे बैठकमा नेपाल शिक्षक संघ झापाकाे निवर्तमान अध्यक्ष नेत्र खरेलले पनि सम्बाेधन गर्नुभएको थियाे।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ६ : ४४ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु