१० आश्विन २०८०, बुधबार | September 27, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिक्षक संघ झापाकाे बैठक सम्पन्न,शिक्षक ऐनकाे विरुद्धमा आन्दोलनको आब्हान



विर्तामोड,नेपाल शिक्षक संघ झापा जिल्ला कार्यसमितिको बैठक नेपाली कांग्रेस पार्टी कार्यालय,गिरिजा स्मृति भवन,झापाामा सम्पन्न भएको छ।जिल्ला अध्यक्ष ताेया दाहालकाे अध्यक्षतामा भएको साे बैठकमा सम्पूर्ण जिल्ला कार्यसमितिका पदाधिकारीहरु,सदस्यहरु तथा पालिका अध्यक्षहरु तथा काेशी प्रदेश अध्यक्ष तथा प्रदेश कार्य समितिका सदस्यहरुकाे उपस्थिति थियाे।

सचिव देवेन्द्र राजवंशीद्वारा संचालित साे बैठकमा अध्यक्ष दहालले सांगठनिक गतिविधिहरु प्रस्तुत गर्नुकाे साथै नेपाल राष्ट्रिय  शिक्षक संगठनकाे कारण झापामा शिक्षक महासंघ गठन गर्न नसकिएको  तर माेरङ,पाँचथर लगायत काेशी प्रदेशमा ७ जिल्लामा शिक्षक महासंघ गठन गरिएको  बताउनुभयो ।

उता काेशीप्रदेश अध्यक्ष तेजप्रसाद चम्लागाईले भने प्रस्तावित विद्यालय शिक्षा ऐन शिक्षक मारा रहेकाे,शिक्षकहरुकाे प्रतिकुल रहेकाेले याे ऐनकाे विरुद्धमा आन्दोलन आवश्यक रहेकाेले सम्पूर्ण शिक्षकहरुकाे हकहितको लागि आन्दोलन गर्न तयार रहनुपर्ने  र याे सम्बन्धमा नेपाल शिक्षक संघ संघिय कार्यसमितिले आन्दोलनको आव्हान गरेकाे बताउनुभयो ।विद्यालय कर्मचारी,राहत शिक्षक,वालविकास स.का.तथा उच्च माध्यमिक शिक्षकहरु एवम्  निजी विद्यालयका शिक्षकहरुकाे नाममा अलगअलग आन्दोलनबाट निष्कर्ष ननिस्कने भएकोले एकिकृत आन्दोलनको विकल्प नरहेकाे चर्चा गर्नुभयो।

साे बैठकमा नेपाल शिक्षक संघ झापाकाे निवर्तमान अध्यक्ष नेत्र खरेलले पनि सम्बाेधन गर्नुभएको थियाे।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ६ : ४४ बजे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता

बालेनकाे कारवाहीकाे वावजुद महानगरका विद्यालयहरु बन्द गर्ने प्रधानाध्यापकहरुकाे निर्णय

काठमाडौं,काठमाडौं महानगरका सम्पूर्ण सामुदायिक विद्यालयहरु भाेलीदेखि बन्द हुनेभएका छन्। आज

विद्यालय बन्द गरे कारवाही गर्ने- काठमाडौं महानगर,विद्यालय बन्द -महासंघ

काठमाडौं,संसदमा दर्ता भएकाे विधेयकविरुद्ध निर्णायक आन्दोलन गर्न देशभरिका शिक्षकहरु काठमाडौंमा