६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

स्विटरल्याण्डलाई ५-१ ले हराउदै स्पेन क्वाटरफाइनलमा



सिडनी,अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।आज इडेन पार्क स्टेडियममा भएको राउन्ड १६ काे खेलमा स्पेनले स्विटजरल्यान्डलाई ५-१ ले हरायो ।

स्पेनकाे जितमा २५ वर्षिया बार्सिलाेना मिड्फिल्डर आइताना बाेल्माटीले ५ र ३६ मिनेटमा २ गाेल गरिन्।१७ मिनेटमा अल्बा राेडेन्डो र ४५ मिनेटमा लाया काेडिनाले गाेल गरेपछि मध्यान्तर अघि स्पेन ४-१ काे स्काेरमा रह्याे।यसअघि २३ वर्षिया मिडफिल्डर लाया काेडिनाले ११ मिनेटमा स्विट्जरल्यान्डलाई आत्मघाती गाेल उपहार दिएको थिइन्।

उता दाेश्राे हाफकाे ७० मिनेटमा स्ट्राइकर जेनिफर हर्नेसाेले गाेल गरेपछि स्पेनले स्विटजरल्याण्डलाई ५-१ ले हरायाे।७०% बल पाेसेसनमा राखेकाे स्पेनले ६७६ पास खेल्दै २६ पटक पाेष्टप्रहार गर्दा ३०% बल पाेसेसन सहित २९६ पास खेलेकाे स्विट्जरल्यान्डले २ पटक पाेष्टप्रहार गरेको थियाे ।

अर्को खेलमा जापानले नर्वेलाई ३-१ ले हराउदै क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ८ : ४१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज