२६ असार २०८२, बिहिबार | July 10, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

स्विटरल्याण्डलाई ५-१ ले हराउदै स्पेन क्वाटरफाइनलमा



सिडनी,अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।आज इडेन पार्क स्टेडियममा भएको राउन्ड १६ काे खेलमा स्पेनले स्विटजरल्यान्डलाई ५-१ ले हरायो ।

स्पेनकाे जितमा २५ वर्षिया बार्सिलाेना मिड्फिल्डर आइताना बाेल्माटीले ५ र ३६ मिनेटमा २ गाेल गरिन्।१७ मिनेटमा अल्बा राेडेन्डो र ४५ मिनेटमा लाया काेडिनाले गाेल गरेपछि मध्यान्तर अघि स्पेन ४-१ काे स्काेरमा रह्याे।यसअघि २३ वर्षिया मिडफिल्डर लाया काेडिनाले ११ मिनेटमा स्विट्जरल्यान्डलाई आत्मघाती गाेल उपहार दिएको थिइन्।

उता दाेश्राे हाफकाे ७० मिनेटमा स्ट्राइकर जेनिफर हर्नेसाेले गाेल गरेपछि स्पेनले स्विटजरल्याण्डलाई ५-१ ले हरायाे।७०% बल पाेसेसनमा राखेकाे स्पेनले ६७६ पास खेल्दै २६ पटक पाेष्टप्रहार गर्दा ३०% बल पाेसेसन सहित २९६ पास खेलेकाे स्विट्जरल्यान्डले २ पटक पाेष्टप्रहार गरेको थियाे ।

अर्को खेलमा जापानले नर्वेलाई ३-१ ले हराउदै क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ८ : ४१ बजे

एएफसी महिला छनोट उज्वेकिस्तान: पेनाल्टी सुटआउटमा नेपाल उज्वेकिस्तान विरुद्ध ४-२ ले पराजित

काठमाडौै, एएफसी महिला छनोट उज्वेकिस्तान: पेनाल्टी सुटआउटमा नेपाल उज्वेकिस्तान विरुद्ध

एएफसी महिला छनोट उज्वेकिस्तान: ८० मिनेटमा नेपाल उज्वेकिस्तान विरुद्ध ३-३ ले बराबरी

काठमाडौै, एएफसी महिला छनोट खेलमा ८० मिनेटमा नेपाल उज्वेकिस्तान विरुद्ध

एएफसी महिला छनोट उज्वेकिस्तान: ४० मिनेटमा नेपाल उज्वेकिस्तान विरुद्ध ३-१ ले पछि

काठमाडौं, अष्ट्रेलियामा हुने एएफसी महिला एसियाकपकफ उज्जेकिस्तानमा जारी छनोट खेलमा

एएफसी एसिया कप महिला छनोट उज्वेकिस्तान: नेपालद्वारा श्रीलङ्का ८-० ले पराजित

काठमाडौै, सन् २०२६ मा अष्ट्रेलियामा हुने एएफसी एसियाकपको लागि उज्वेकिस्तानमा

एएफसी महिला छनोट उज्वेकिस्तान: ६२ मिनेटमा नेपाल श्रीलङ्का विरुद्ध ६-० ले अघि

काठमाडौै, उज्वेकिस्तानमा जारी एएफसी महिला छनोटको खेलमा ६२ मिनेटमा नेपाल