५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिफा महिला विश्वकप नर्वेलाई ३-१ ले हराउदै जापान क्वाटरफाइनलमा



न्युजिल्यान्ड,अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपमा जापान नर्वेलाई ३-१ गाेलअन्तरले हराउदै क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।

वेलिङटनमा भएकाे दाेश्रो प्रिक्वाटरफाइनल खेलमा जापानले पहिलाे गाेल नर्वेको तर्फबाट आत्मघाती उपहार पाएकाे थियाे।खेलकाे १५ मिनेटमा नर्वेली मिडफिल्डर इनग्रिड सिस्टर्ड एजेनले आफ्नै पाेष्टमा गाेल गरिन भने २० मिनेटमा नर्वेका गुराे रिटेनले गाेल फर्काएपछि मध्यान्तर सम्म खेल १-१ काे बराबरीमा रह्यो ।

दाेश्राे हाफकाे ५० मिनेटमा जापानकाे तर्फबाट रिसा सिमिजुले गाेल गर्दै जापानलाई अग्रता दिलाउदा खेलकाे ८१ मिनेटमा २३ वर्षिया मिडफिल्डर हासाकी मियाजावाले गाेल गरिन्।आजकाे खेलमा जापानले ६१% बल पाेसेसनमा राख्दै ६२२ पास खेलेर १६ पटक पाेष्टप्रहार गरेकाे थियाे।

अर्काे खेलमा स्पेनले स्विटजरल्यान्डलाई ५-१ काे भारिअन्तरले हराउदै क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : ०१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज