विराटनगर,काेशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपाली काङ्ग्रेस काेशी प्रदेश संसदिय दलका नेता उद्धव थापालाई मंगलवार काेशी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ।
यसअघि काेशी प्रदेशसभाकाे सभामुख बाबुराम गौतमले सभामुख पदबाट राजिनामा दिएपछि थापाकाे पक्षमा बहुमत जुटेकाे हाे।काेशी प्रदेशसभामा काङ्ग्रेसको २९,माओवादीकाे १३,नेकपा एसकाे ४ र जसपाकाे १ सहित ४७ सांसदकाे समर्थनसहित प्रदेशप्रमुख समक्ष माओवादी संसदिय दलकाे नेता इन्द्रबहादुर आङ्बाे”मौसम” र नेकपाएसका राजेन्द्र राई सहित नेपाली काङ्ग्रेस संसदिय दलकाे नेता उद्धव थापा मुख्यमन्त्रीमा दावी गर्न पुग्नुभएकाे थियाे।
यसअघि गत असार २१ गते सर्वोच्च अदालतले उहाँको मुख्यमन्त्री नियुक्तिलाई असंवैधानिक ठहर्याएको थियाे।
प्रतिक्रिया