६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वकप महिला फूटबल,चीनद्वारा हैटि १-० ले पराजित



सिडनी,अष्ट्रेलिया र न्यूजिल्यान्डमा भइरहेको फिफा विश्वकप महिला फुटबल प्रतियोगिता अन्तर्गत ग्रुप डि काे समूहचरणकाे खेलमा
१० खेलाडीमा सिमित एसियाली विजेता चीन हैटिलाई १-० ले हराउँदै महत्वपूर्ण ३ अंक बटुल्न सफल भएको छ।याे जीतसंगै चीन
राउन्ड १६ मा पुग्ने सम्भावनालाई जिवितै राखेकाे छ।

चीनकाे लागि ७४ मिनेटमा पेनाल्टी मार्फत एस. वाङले विजयी गाेल गरिन्।हैटिका खेलाडीले पेनाल्टी एरियामा चिनियाँ खेलाडी लिनयाङ झाङलाई खतरनाक फाउल गरेपछि पेनाल्टी पाएकाे थियाे। यसअघि २९ मिनेटमा आर. झाङ रेड कार्ड पाउदै बाहिरिएपछि चीन १० खेलाडीमा सिमित भएकाे थियाे।

दक्षिणी अष्ट्रेलियाकाे हिन्डमार्स स्टेडियममा भएको साे १०० मिनेटकाे खेलमा चिनियाँ गाेलकिपरले शानदार प्रदर्शन गर्दै हैटिका प्रहारहरुलाई निस्तेज बनाइन् ।५४% बल नियन्त्रणमा राखेको चीनले ४१७ पास खेल्दै ८ पटक पाेष्टप्रहार गरेकाे थियाे।इङ्गल्याण्डले भने डेनमार्कलाई १-० ले हराउदै ६ अंकको साथ शिर्षस्थानमा रहदा डेनमार्क र चीनकाे समान ३ अंक र हैटि अंकविहिन रहेकाे छ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ६ : ५७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज