७ चैत्र २०८१, शुक्रबार | March 21, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कथा- गुरुपूर्णीमा र टीका सर



एकाविहानै ह्वाटसएपमा नोटिफिकेशन आयो ।
मैले रिसिभ गरे । रिताले मेसेज गरेको रहेछ ।
एकैछिन त लिङ्क खोलौं कि नखोलौ दोमन भयो,अन्तत: लिङ्क खोले ।
“शुभ जन्मदिन तथा गुरुपूर्णिमाको शुभकामना मेमलाई”
“धन्यवाद रिता,तिमी मेरो असल विद्यार्थी” मैले जवाफ फर्काएँ ।
“कोरियाको सुनमुन पार्कमै छु मेम म,हजुर पनि सोलतिर नै होइन र” रिताको जवाफ आयो ।
“हो नि,कोरिया आएको कति भयो?”
अचानक रिताको नेट गयो च्याट रोकियो ।
रीता मेरो होनहार विद्यार्थी र आज परदेशमा मलाई स्वदेश सम्झाइन अझ गुरुपूर्णिमा पनि
र सम्झिएँ नेपाल,
गुरुपूर्णिमा,जिवनयात्रामा सदैव सफलतातर्फ उन्मुख गराउनुहुने आदरणिय गुरुदेवहरुको सम्झनाले आँँखा रसायो ।
सामाजिक सन्जालमा मलाई विद्यालयदेखि कलेजसम्म शिक्षा दिनुहुने गुरुहरुको खोजी गरे ।
भिम सर-उहाँ भेटिनु भएन ।
एम के सर-झापा दमकमा तर सम्पर्क भएन ।
बबी सर,शरद सर,आर पि सर…..।
अन्तत: टीका सर सामाजिक सन्जालमा भेटिनु भयो । सम्झनाको तरेलीहरुमा टीका सर आइदिनु भयो । सर्लक्कै
……………………………………
धरानको हात्तिसार क्याम्पसमा म त्यो बेला बि.एस्सी.माइक्रोबाइलोजी पढ्दै थिएँ ।
एकदिन पुरानो बजार छेवैमा टीका सर भेटिनु भयो ।
सामान्य पहिरन,दुब्लो शरिर कता हो कता चिन्नै नसकिने हुलिया ।
म रन्थनिएँ,सरको त्यो अवस्था देखेर ।
हामीलाई कक्षा दशमा नेपाली पढाउनुहुने,हामी सबैको मोडल टिका सर,हामी पनि भविश्यमा टीका सर झै बन्ने कल्पनामा मखलेल हुन्थ्यौं ।
तर आज टीका सर…
थाहै नपाइ म टीका सरको अघिल्तिर शिर झुकाउन पुगें ।
“नमस्ते सर, म तपाईको विद्यार्थी मनिषा”
” न..नमस्तै,मैले चिनिन त तिमीलाई कसरी यहाँ नि?”
“सर म हात्तिसारमा बी.एस्सी.पढ्दैछू नि”मैले दोहोर्याएँ ।
“ए मैले अझै चिन्न सकिन,
टिचरले जिवनमा आखिर के नै पो पायो
पूल हो उ,उसको जिन्दगीमा को आयो,को गयो ”
टीका सरले एक टुक्रा कविता सुनाएर जानु भयो । म अचम्मित भएँ,अवाक भएँ,किन टीका सरले यस्तो व्यवहार गर्नु भो?
आखिर मैले के त्यस्तो गल्ति गरेँ त? जस्ले गर्दा उहाँ मलाई चिन्नमा इन्कार गर्दै हुनुहुन्छ मैले सम्झनै सकिन ।
“दु:ख नमान मनिषा उ खुस्कैट हो, निकेतन माविको नेपाली सर तर..,तर विषयवस्तुमा चाँहि सारै नै अब्बल,विषयवस्तुलाई कविता,गित,कथाको माध्यमबाट विद्यार्थीहरुमा छर्लङ्गै बुझाउनमा माहिर” केमेस्ट्री पढाउनुहुने मुखर्जी सरले मलाई अलमलमा परेको देखेर भन्नुभयो ।
“तर सरको यो अवस्था कसरी भयो?”मैले हामीलाई मावि पढाउनुहुदाँको टीका सरको अवस्था बताएँ ।
“यसको पछि धेरै नै तत्वहरु छन्” मुखर्जी सरले थप्नु भो “एउटा सक्षम मानिसको भविश्य वर्वाद बनाउने कुतत्वहरुको परिणाम र शिकार बन्नु भा छ टिका सर”
सबै बताइदिनुभयो मुखर्जी सरले कसरी टीका सर सरन्ता माविबाट सरुवा भएर धरानको शिक्षा निकेतन मावि आउनु भयो । सरको घर तरहरा, घर नजिकेको विद्यालय नै नभेटे पनि प्रस्तावित माविमा हेड सर बनाउन सहज हुन्छ भनेर दरवन्दीसहित सरुवा गरिदिएको क्षेत्रिय शिक्षा निर्देशनालय धनकुटाले दरवन्दी मिलानको नाममा।
र निकेतन माविका शिवलाल सर,राधा मिस…
शिवलाल सर,सुवेदि हो थर-अठ्चालिस सालको अस्थायीहरुलाई स्वत: स्थायी बनाउने सरकारी नितिको कारण प्रावि तहमा स्थायी हुन सफल ।
योग्यता-नौ सय पूर्णाङ्ककाे उनान्चालिस साल पछि कम्पार्ट दिदै पाँचौ पटकमा एस.एल.सी. उत्तिर्ण ।
रुचि-चाकडी गर्न,चलखेल र हजुर्याइ गर्नमा माहिर । तर विषयवस्तुमा कमजाेर। विद्यालयकाे काजमा घरायसी काम गर्ने।
अनुभव-स्थायी भएपछि विव्यसलाई आर्थिक प्रभावमा पारेर माथिल्लो तहको आफ्नै हेडसरलाई हटाएर हेडसर बनेको।
राधा मिस-शिवलाल सरकै योग्यता,रुची र अनुभव,योग्यता नै नभएपनि माथिल्लो कक्षामा नेपाली पढाउन र माथिल्लो कक्षाका विद्यार्थीहरु भड्काउनमा माहिर र श्रेष्ठता।
सरुवा भएर टीका सर धरान आउनुभएपछि टीका सर उत्तिकै पूरै जाेश र जाँगर,नयाँ विधि र प्रविधिसहित कक्षामा प्रस्तुत हुनुभयाे। विद्यार्थीहरुले अत्यन्तै लाेकप्रिय र माया गर्ने शिक्षककाे रुपमा सरलाई लिए ।
टीका सरकाे याे लाेकप्रियता विद्यालय प्रशाशन र केहि स्थानीय चाटुकार शिक्षकहरुलाई अपाच्य हुन्छ।

शिवलाल सरकाे मनमा हेडसरकाे कुर्सी ढल्ने डरले मडारिन्छ ।
अनि शुरु हुन्छ स्थानियताकाे खेल ।
टीका सरलाई जिम्मेवारीबाट विमुख गरिने खेल ।
टीका सर विरुद्धमा अनर्गल प्रचार र झुठकाे खेती।
– टीका सरले त वृन्दावनमा पढ्नु भएकाे ।
– टीका सरले कविता राम्राे पढाउनु भएन ।
– टीका सरकाे उच्चाहरण शुद्ध भएन ।
– टीका सर समयमा आउनु हुन्न,आएपनि पुरै समय क्लास लिनुहुन्न।
-टीका सर प्र.अ.लाई टेर्दैन ।
-टीका सर वरियताकाे कुरामात्र गर्नुहुन्छ ।
हुदाँ हुदाँ शुद्ध सनातनि टीका सरलाई मादक पदार्थ सेवनकाे कुराे लगाइयाे ।
राधा मिसले त..
राधा मिस एस एल सी भन्दा माथिल्लो याेग्यता नभएपनि विद्यालयमा नेपाली शिक्षक नभएकोले कक्षा ९ र १० मा नेपाली विषय पढाउनुहुन्थ्याे।
र टीका सर आउनुभएपछि नचाहदा नचाहदै पनि माथिल्लो कक्षामा नेपाली पढाउन छाड्नु पर्याे र शुरु भयाे टीका सरकाे विरुद्धमा भयंकर षड्यन्त्र ।

एक साेमवार कक्षा ९ मा अनौठो हल्ला चलाइयाे।
एक जना विद्यार्थीकाे नाम टीका सरसंग जाेडियाे।
भएको चाहिँ के थियाे भने गृहकार्य नगरेकाेमा शिलालाई टीका सरले सामान्य कारवाही गर्नुभयाे । शिलाचाँहि क्राेनिक डिसअर्डरकाे विरामी भएको हुनाले केही घन्टी कक्षामा सुस्ताएपछि हाफ छुट्टीमा घर फर्केर विरामी भइन। विरामीकाे कारणको प्रमुख कारक टीका सरलाई बनाइयाे।

अन्तत:इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गरियाे टीका सर विरुद्ध । यौन दुरुत्साहनकाे आराेप र थप नाबालिककाे समेत थपेर हदैसम्मको कारवाहीकाे माग गरियाे। कक्षा लिइरहेको कक्षाकोठाबाट गिरफ्तार गरियाे।याे सबै कामकाे नेतृत्व परोक्षरुपमा राधा मिसबाट सम्पन्न भयाे कारणचाँहि मात्र स्थानियताको दादागिरी र अहमताको वर्वरता अनि माथिल्लो कक्षामा कक्षा लिन नपाएकाे झोंक।
र टीका सर…बाहिरको एक दक्ष र कर्तव्यपरायण र अनुशासित शिक्षक ।
टीका सरकाे एउटैमात्र कसुर थियाे नियमित र उत्कृष्ट कक्षा ।
समय पालना,विषयवस्तुमा उत्कृष्टता र विद्यार्थीहरुमाझ लाेकप्रियता। थिएन चाकडी र धनुष्टंकार निहुरमुन्टी नमस्कार ।
र यहि लाेकप्रियता उहाँको लागि घातक बन्यो।
छानवीन गरियाे र सत्यको जित भयाे।टीका सर निर्दाेष हुनुभयो।
कक्षामा फर्किनु त भयाे तर यसपछिकाे अवस्था भने…
नभएको आराेपकाे आत्मासात गर्नुपरेपछि मानसिक रुपमा टिका सर विक्षिप्त बन्नुभयाे। हुनपनि सबैभन्दा ठूलाे आत्मसम्मान र इज्जतमा घात लागेपछिकाे विक्षिप्तता आराेप र बदनामीपछि टीका सर ओहो
………………
मैले याे भन्दा बढि सुन्न सकिन,टीका सरकाे दर्दनाक कथा। हाम्राे टीका सर,प्याराे टीका सरमाथि यतिठूलाे घात,त्याे पनि आफ्नैहरुबाट । संरक्षकबाट,स्टाफबाट। ओहाे! टीका सरकाे पन्ध्रौं वर्षिय शिक्षण करियरमा यतिठूलाे घात ।
मानसिकरुपमा विक्षिप्तता,मेराे राेलमाेडल,मेराे आइकन टीका सर काेहिसंग नहार्ने टीका सर,सदैव सत्यकाे वकालत गर्नुहुने टीका सर आज समाजका केही दुष्टहरुकाे दुर्विचारकाे कारण पिडित बन्नुभयाे।उहाँको जीवनकाे अमूल्य पल र समय,यस र सम्मान वर्वाद भयाे ।

हुनत म के नै गर्न सक्थेँ र धरानमा,जहाँ म आफुपनि मामाघरमा आश्रीत भएर पढ्दै थिएँ तर मेराे मामा भने राजनितिक रुपमा शक्तिशाली र निकै पहुँचमा हुनुहुन्थ्यो । मुखर्जी सर र मैले मेराे मामालाई टीका सरले पाउनु भएकाे पिडाकाे बारेमा सविस्तार वयान गर्यौं, सहयोगको अनुरोध गर्यौं,साथै उहाँको भविश्य र करियरकाे बारेमा सल्लाह गर्यौं।किनभने म टीका सर ठिक भएकाे हेर्न चाहन्थे।उत्तिकै उर्जाशिल भएर कक्षा लिएकाे देख्न चाहन्थे र यहि हुन्थ्यो मेरो गुरुदक्षिणा टीका सरप्रति ।

“टीका सरलाई साेहि विद्यालयमा राख्न सकिन्न नैतिकताकाे कुरा छ”मामाले थप्नुभयाे”उहाँलाई प्रभात माविमा सरुवा गराएर स्वास्थ्य ठिक नभएसम्म विरामी विदा र असाधारण विदाकाे व्यवस्थापन गर्न सकिन्छ” यो काममा मामा पूर्णरुपमा खटिनुभयो र एकदिन सुखद समाचार सुनाउनुभयो” टीका सरलाई प्रभात माविमा व्यवस्थापन गरिएपछि उहाँको स्वास्थ्यमा सुधार आएको छ भान्जी, अब टीका सर पूर्ववत काममा फर्कनु हुन्छ”
नभन्दै समयले सबै व्यवस्थापन गरिदियो । हजारौ म जस्तै होनहार विद्यार्थीहरु उत्पादन भए । टीका सरको सवल नेतृत्वमा प्रभात माविले काँचुली फेर्यो जिल्लाकै नमुना माविको रुपमा उता निकेतन भने कमजोर व्यवस्थापनको कारण अभिभावकबाट अस्विकृत भइरह्यो ।
…………….
आज एक्काईस वर्षपछि
म खाद्य विशेषज्ञकाे रुपमा काेरियामा बहुराष्ट्रिय कम्पनीमा कार्यरत छु। रीता जस्लाई मैले आइ.एस्सी.मा केमिस्ट्री पढाएकाे थिएँ उनी पनि काेरियामा कार्यरत छिन्।केही दिनमात्रै त भयाे म र रीता सामाजिक सन्जालमा जाेडिएकाे र आजै मात्र उनले गुरुपूर्णिमाकाे शुभकामना व्यक्त गरिन।थाहै नपाइ मेरो आँखा रसाएछ, मेरो प्रिय गुरुदेवलाई सम्झेर, मैले पनि टीका सरको टाइमलाइनमा मेसेज गरेँ ” गुरू नमन,हेप्पी गुरुपूर्णिमा टीका सर”

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ७ : ३६ बजे

उपन्यासकार मनु योङहाङको उपन्यास थोक्फेलाको विमर्श तथा पुस्तक चर्चा सम्पन्न ।

माइधार, झापा । पाँचथर हिलिहाङका उपन्यासकार मनु योङहाङको चौथो कृति

ताप्लेजुङमा बन्द जारी, नेता प्रदीप मादेन पक्राउ

ताप्लेजुङ, ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट प्रहरीले बजार बन्द गराउँदै हिडेका

प्राकृतिक विपत्ति र‍‍ोक्न हेंवा खोलामा क्षमा पूजा गरिने

हिलिहाङ। पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकाको बिचमा रहेको हेवाँ

पतिको रिसले सल्यानमा एक महिलाद्वारा दुई छोरीको हत्या

कुपिण्डे । २६ वर्षीया पूर्णिमा राना मगरलाई दुई छोरीको हत्या

आजको भू-कम्पले सोलुखुम्बुका २ घर भत्कियो ।

सोलुखुम्बु : आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु