४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् पाँचथरका पहिचानवादी नेता क्याप्टेन सुरेन्द्रप्रसाद जवेगु



फिदिम,पाँचथरका पहिचानवादी नेताकाे रुपमा प्रख्यात तथा समाजसेवी क्याप्टेन सुरेन्द्रप्रसाद जवेगुकाे उपचारकाे क्रमा काठमाडौंमा आज ६८ वर्षकाे उमेरमा निधन भएकाे छ। उहाँको शवलाई अन्त्येष्ठीकाे लागि जन्मस्थल ल्याउने तयारी भइरहेको जनाइएको छ।उहाँ मृर्गौला सम्बन्धि राेगबाट पिडित भइ डाइलाइसिस गराइरहनु भएकाे पारिवारिक श्राेतले जनाएको छ ।

याङनाम गाविस-७ सुर्केनागीमा जन्मेर भारतिय सैनिकमा लामाे समय सेवा गरि क्याप्टेनबाट रिटायर्ड हुनुभएका क्याप्टेन जवेगु समाजसेवा र राजनितीमा उत्तिकै सक्रिय हुनुहुन्थ्यो। साविक याङनाम गाविस हाल फिदिम नगरपालिका वडा नं १० र फालेलुङ गाउँपालिका वडा नं ८ काे ५०० बढि घरधुरीहरुमा भारत सरकारकाे सहयोगमा क्याप्टेन जवेगुकै नेतृत्वमा वि.सं.२०६२ सालतिर साेलार प्यानल मार्फत विद्युतिकरण भएको थियाे।

पहिचान पक्षधर संघिय लिम्बूवान राज्य परिषदकाे २ कार्यकाल पाँचथर जिल्ला अध्यक्ष रहनुभएकाे क्याप्टेन जवेगु २०७० सालकाे संविधानसभा निर्वाचनमा पाँचथर-१ बाट संविधानसभा सदस्य पदमा उम्मेदवारी दिनुभई १ हजार ३ सय ५५ मत प्राप्त गर्नुभएको थियाे। स्व.जवेगुकाे एक श्रीमती र २ छाेराहरु छन्।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ४ : ३६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज