७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कोशी प्रदेश नाममा पुर्नविचार गर्न प्रदेश १ का काङ्ग्रेस सभापतीहरुको माग ।



विराटनगर,कोशी प्रदेश नामको सम्बन्धमा सत्तारुढ दल नेपाली काङ्ग्रेसको प्रदेश नं १ का चौध जिल्लाका सभापतीहरुको आधिकारिक धारणा सार्वजनिक भएको छ। नाममा पुर्नविचार गर्न आग्रह गर्दै प्रदेश १ का चौध जिल्लाका सभापतीहरुद्वारा जारी विज्ञप्तीमा सो कुरा उल्लेख गरिएको हो ।

विज्ञप्तीमा भनिएको छ-“प्रदेश नं १ को नाम कोशी राखिएकोमा गम्भिर आपत्ती जनाउदै प्रदेशको जनता आन्दोलित भएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।पहिचानवादी आन्दोलनकारी जनताले प्रदेशको नाम कोशी हटाउन गरेको मागप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ। पहिचानपक्षधर जनताले आफ्नो मागको सुनुवाइको लागी गरिरहेको आन्दोलनमा भएको सरकारी दमनको घोर भर्त्सना गर्दछौ।आन्दोलनमा संयमित हुन हामी आन्दोलनकारीहरुलाई विशेष आग्रह गर्दछौ भने जिम्मेवार बनेर मानवअधिकारको सम्मान गर्न तथा विरोध गर्न पाउने मौलिक हकको सम्मान गर्न जोडदार माग गर्दछौं। आन्दोलनको क्रममा सहिद बन्नुभएका पदम लिम्बु लाजेहाङ प्रति उच्च सम्मान प्रकट गर्दै घाइते आन्दोलनकारीहरुको सम्पूर्ण उपचारको व्यवस्था गर्न केन्द्र तथा प्रदेश सरकारसंग माग गर्दछौं।”

“प्रदेश सभाले कोशी नाम राखेपछि जनताको ठूलो तप्काले अहिले विरोध गरिरहेको छ।यो विरोधको सुनुवाइ नेपाली काङ्ग्रेसको नेतृत्वले गर्नुपर्छ भन्ने हाम्रो धारणा छ ।नेपाली काङ्ग्रेस भनेको नेपालको सबैभन्दा समावेशी र संघियताको मर्म आत्मसात गर्ने पार्टी हो भन्ने हाम्रो विश्वाश छ। जननायक बीपी कोइरालाले ७ दशक अघि नै समावेशीकरण र पहिचानको पक्षमा नेपाली काङ्ग्रेसलाई दृढताको साथ उभ्याउनुभएको स्मरण गर्दे अहिले कोशी प्रदेशमा भइरहेको आन्दोलन र कोशी नाम सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहशिक निर्णय लिनुपर्ने आवश्यकता हामीले देखेका छौ। द्वन्द पनि मेटिने पहिचान पनि भेटिने नेपाली काङ्ग्रेस लोकतन्त्र,संघियता,धर्मनिरपेक्षता,पहिचान र विविधता तथा बहुलताको रक्षक हो,अगुवा हो । नेपाली काङ्ग्रेसले मात्र संघियताको मर्म र भावनालाई आत्मसात गर्दै गल्ती र कमजोरीलाई सच्चयाउने साहस गर्न सक्छ। यहि तथ्यलाई ध्यानमा राखी हामी कोशी नाम सम्वन्धमा पुर्नविचारगर्न पार्टी नेतृत्व तथा प्रदेश सभासंग विशेष आग्रह गर्दछौ।”

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ८ : ५२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज