६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल शिक्षक संघ काेशी प्रदेश अधिवेशनमा ४४ जनाकाे उम्मेद्वारी



विराटनगर,नेपाल शिक्षक संघ,काेशी प्रदेशकाे दाेस्राे प्रदेश अधिवेशनकाे बन्द सत्र शुरु भएको छ।

१ अध्यक्ष, ४ उपाध्यक्ष,२ महासचिव,५ उपमहासचिव र ११ सदस्य  पदमा ४ वर्षे कार्यकाल रहेकाे प्रदेश कार्य समितिमा ४४ जनाकाे उम्मेदवारी परेकाे जनाइएको छ।

प्रदेश अध्यक्षमा झापाकाे तेजप्रसाद चौलागाईं र धनकुटाकाे गंगाराम ढुंगानाकाे उम्मेदवारी परेकाे छ। १ जना बरिस्ठ उपाध्यक्षमा शुरेशकुमार चौधरी र हेमराज खतिवडाको उम्मेद्वारी पर्दा महिला उपाध्यक्षमा रामकुमारी भन्डारी र रेखा पराजुलीको उम्मेदवारी दर्ता भएको छ।

उता २ जना खुला उपाध्यक्षमा तुलाराम चौधरी,राजेश कार्की,दिनेशकुमार चौधरी र जर्ण चाम्लिङकाे उम्मेदवारी पर्दा  १ महासचिवमा मातृका न्यौपाने र बद्री कार्कीकाे उम्मेदवारी परेकाे जनाइएको छ।१जना अर्थ महासचिव (महिला)मा इन्दिरा कटुवाल र अर्चना ढकालकाे उम्मेदवारी दर्ता भएको छ।

उप-महासचिवमा पदमबहादुर अधिकारीकाे एकल उम्मेदवारी तथा  उप-महासचिव महिलामा पार्वती कुमारी राउत र प्रमिला कार्कीकाे उम्मेदवारी दर्ता भएको छ।

यसरीनै  २ उपमहासचिव समावेशीमा हरिलाल चौधरी,सुरेन्द्रकुमार केरुङ,महाजित राई र सन्चलाल लिम्बूकाे उम्मेदवारी परेकाे छ।उपमहासचिव अर्थमा लक्ष्मण कार्कीकाे एकल उम्मेदवारी र ४ जना महिला सदस्यमा अन्जना राई,भूमादेवि आङ्देम्बे,निशा श्रेष्ठ ,यसाेदा बास्तोला र भगवती निरौलाकाे उम्मेदवारी पर्दा ११ जना खुला सदस्यमा भने अर्जुनकुमार बस्नेत,विमलकुमार चौधरी,भरत भट्टराई ,धनप्रसाद पुडासैनी ,भवानी प्रसाद लुइँटेल ,मनाेज काेइराला,हरिबहादुर क्षेत्री,वीरेन्द्रप्रसाद रिजाल,जयप्रसाद बाँस्कोटा,अरविन्द ठाकुर,गिरिराज निरौला,शेरबहादुर पुरी,माेहनकुमार पुरी,दुर्गाराज राई,धनबहादुर थापा,हेमराज अधिकारी र मुना नेपालकाे उम्मेदवारी परेकाे जनाइएको छ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ८ : २० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज