५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भाग्यमानी नौ महिला सिडीओहरु,प्रशाशनमा समावेशिता



काठमाडौ,नेपाली प्रशासन इतिहासमा पहिलाेपटक एकैपटक नौ जना महिला प्रमुख जिल्ला अधिकारी बनेर प्रशासनमा महिला सशक्तीकरणकाे अनुपम उदाहरण प्रस्तुत भएकाे छ।

गृह मन्त्रालयकाे अनुसार चार सहसचिव र पाँच उपसचिवलाई जिल्लाकाे प्रशाशन हाक्ने कमान्ड सुम्पिएकाे हाे।

गृह मन्त्रालयले उपसचिवहरु  ताप्लेजुङमा गाेमादेवि बाेखिम,धनकुटामा लिलाकुमारी केसी पान्डे,ओखलढुङ्गामा प्रदर्शनी कुमारी, मनाङमा सुप्रभा खनाल ढुङ्गेल र अर्घाखाचीमा मीना अर्याललाई सिडीओकाे जिम्मेवारी दिएकाे छ।

सहसचिवहरुमा सुनसरीमा हुमकला पान्डे,सिन्धुलीमा सुनिता नेपाल,बाग्लुङमा राेशनीकुमारी श्रेष्ठ र डाेटीमा कल्पना श्रेष्ठ सिडिओ बन्नुभएकाे छ।

प्रदर्शनी कुमारी पहिलाे महिला मधेशी सिडीओ बन्नु भएकाे हाे भने गाेमादेवि चेम्जाेङ,राेशनीकुमारी श्रेष्ठ र कल्पना श्रेष्ठ आदिवासी जनजाती महिला हुनुहुन्छ।

ताप्लेजुङ, मनाङ र धनकुटाले पहिलाेपटक महिला सिडीओ पाएकाे हाे ।सिन्धुली,बाग्लुङ,डाेटी ,ओखलढुङ्गाले पनि पहिलाेपटक महिला सिडिओ पाएकाे बताइन्छ।

 

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : ४६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज