४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिम-८ मा आगलागी,दुइजनाको मृत्यु, दुइजना घाइते



फिदिम,फिदिम-८,घुमाउनेटारमा गतराती साढे एकबजे आगलागी भएको छ।आगलागीमा परेर २जनाको मृत्युु हुनाको साथै २जना घाइते भएको प्रहरीले जनाएको छ।

फिदिम-८ घुमाउनेटार स्थित मेघबहादुर गुरुङको घरमा आगलागी  भएको र आगलागीमा परेर मेघबहादुर गुरुङको छोरी वर्ष २२ को ममता गुरुङ र कान्छी बुहारी वर्ष २३ को आशासिंह थेवे गुरुङ को निधन भएको पाँचथर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताउनुभएको  छ।

सातजना परिवार रहेकोमा अन्य दुइ जना ५५ वर्षिय मेघबहादुर गुरुङ र छोरा बिजेन्द्र गुरुङलाई घाइते अवस्थामा उद्धार गरिएको र तिनजना सामान्य रहेको बताइएको छ।

राती नै फिदिम नगरपालिकाकोबारुणयन्त्र, तमाखे प्रहरी चौकीकाे प्रहरी र स्थानिय को सहायतामा आगलागी नियन्त्रण गरिनुक‍ो साथै आगलागी नियन्त्रणको लागि नगरपालिकाको मेयर तथा प्रहरी नायव उपरीक्षक लगायतको टाेली घटनास्थल पुगेको थियाे।

घटनाको प्रारम्भिक विवरण संकलन अनुसार अनुमानित पचास लाख बराबरको क्षति भएको बताईएको छ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ७ : ३१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज