६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भ्वाइसकाे फाइनालिष्ट सविना याेङहाङकाे विर्तामाेडमा भब्य साँगितिक कार्यक्रम हुने



विर्तामाेड,रियालिटी शाे द भ्वाइस अफ नेपालकाे टिम राजेशबाट फाइनलमा प्रवेश गर्नुभएकाे गायिका पूर्वेली चेली सविना याेङहाङकाे भाेली पूर्वकाे व्यापारिक केन्द्र  विर्तामाेडकाे मुक्तिचाेकमा भव्य साँगितिक कार्यक्रम हुने भएकाे छ।

द भ्वाइसकाे फाइनलकाे लागि अहिले भाेटिङ भइरहेकाे छ।त्यहि भाेटिङकाे क्रममा फाइनलिष्ट सविना आफ्नाे गृहनगर तथा थातथलाे झापा, हल्दिबारी, गाेलधापमा चर्चित गायक राजेशपायल राई सहित आउदै हुनुहुन्छ।

मध्यान्हकाे ११बजे झापा चन्द्रगढि विमानस्थलबाट केही समय हल्दिवारी,गाेलधापमा बिताएपछि दिउसाे विर्तामाेडकाे मुक्तिचाेकमा साँगितिक कार्यक्रम र प्रस्तुति दिने कार्यक्रम रहनेछ। साे साँगितिक कार्यक्रममा शुभेच्छुक तथा झापाली सँगितपारखीहरुलाई भव्य तथा गरिमामय उपस्तिथी जनाईदिन तथा सविनालाई साथ र सहयाेग गर्दै हिलिहाङ मिडियाकाे ‘सविनालाई साथ र सहयाेग’ अभियानमा जाेडिएर फेरिपनि टिम राजेशकाे एकमात्र र प्रतियाेगिताकै एकमात्र  फाइनालिष्ट चेलि सविनालाई भाेट गरिदिनहुन हिलिहाङ मिडिया र हिलिहाङ डटकमकाे तर्फबाट हार्दिक अनुराेध र अपिल गर्दछौ।

हिलिहाङ मिडियाद्वारा संचालित ‘सविनालाई साथ र सहयाेग’ कार्यक्रमबाट पनि सविनालाई देशका मुख्यमुख्य शहरहरुबाट मिडिया केन्द्रित तथा स्कूलकलेज लक्षित भाेटिङ भइरहेकाे छ।यसअघिकाे टप टुभेल तथा टप एटबाट फाइनलमा सविनालाई पुर्याउन याे अभियान लगायत अन्य अभियानहरुले महत्वपूर्ण भूमिका खेलेकाे छ।

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १० : ४२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज