१४ आश्विन २०८०, आइतबार | October 1, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“समग्र सार्वजनिक सेवा घरघरमा पुर्याउनेछु”-बृजहाङ आङदेम्बे,अध्यक्ष,फाल्गुनन्द गापा,पाँचथर



फिदिम,पाँचथरकाे फाल्गुनन्द गाँउपालिकाकाे अध्यक्ष बृजहाङ आङदेम्बेले समग्र फाल्गुनन्दबासीहरुलाई सार्वजनिक सेवा घरघरमा नै पुर्याउने प्रतिबद्धता ब्यक्त गर्नुभएकाे छ।हिलिहाङ डटकमसँग कुराकानी गर्ने क्रममा स्थानियहरुकाे समस्यासंग आफु परिचित रहेकाे हुनाले साे कार्य गरिने उहाँले बताउनुभएकाे हाे। प्रस्तुत छ हिलिहाङ डटकमसँगकाे फाल्गुनन्द गाँउपालिकाकाे अध्यक्ष बृजहाङ आङदेम्बेसँग गरिएकाे कुराकानी

प्रश्न-तपाई फाल्गुनन्द गाा्ँउपालिकाकाे अध्यक्ष निर्वाचित हुनुभएपछि जनताहरुकाे अपेक्षालाई कतिकाे पुरा गरेजस्ताे लाग्छ?
जवाफ-मलाई जनताले निर्वाचित गराएर पठाएपछि हामीले फाल्गुनन्दलाई एउटा पद्धतीमा हिडाउने प्रयत्न गरेका छाै।हामीले आर्थिक बर्ष २०७९/८० काे समयसिमाभित्रै निति तथा कार्यक्रम/बजेट ल्याएर राताे किताब प्रकाशन गरी कार्यान्वनकाे चरणमा छाै।प्रथम चाैमासिककाे उपभाेक्ता समिती गठन र केहि कार्य सम्पन्न भइसकेकाे अवस्था छ र क्रमिक रुपमा सम्पन्न हुने क्रममा छ।

प्रश्न-उपनिर्वाचनमा सहभागी बन्नुहुने बृजहाङ आङदेम्बे र स्थानिय निर्वाचन पछि निर्वाचित बृजहाङ आङदेम्बेमा के फरक छ ?
जवाफ-स्वाभाविकरुपमा उपनिर्वाचनमा जाे नहुनुपर्ने थियाे साे भयाे।पहिलाे स्थानिय निर्वाचनमा स्व.अमरकुमार नेम्बाङलाई फाल्गुनन्दबासीहरुले दुई तिहाईकाे बहुमतले जिताएर पठाएकाेमा उहाँकाे निधनपछि उपनिर्वाचनमा मलाई पार्टीले उम्मेद्वारकाे रुपमा खडा गर्याे। वाम गठबन्धनकाे विरुद्धमा एक्लै लडेकाे काङ्ग्रेसकाे उम्मेद्वार हुनाले मलाई जनताले सम्मानजनक मतकाे साथ उपविजेता बनाउनुभयाे।पछि साेहि सहानुभूतिकाे साथ मलाई अहिले जिताएर पठाउनु भएकाे छ त्यसपछी उहाँहरुकाे धेरै अपेक्षाहरु छन्।केहि बेथितिकाे कारण फाल्गुनन्द गाँउपालिका थितीमा चलेकाे थिएन।अब मलाई जिताएर पठाउनुभएपछि बृजहाङ आङ्देम्बेले जुन प्रकारले थितीमा चलाउँछ भन्ने विश्वास छ त्यसलाई म जसरी पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु र साेहिअनुसार काम भइरहेकाे जानकारी गराउँदछु।

प्रश्न-तपाई निर्वाचित भएर आउनुभएपछि तपाईले गर्नुभएकाे जनताले सम्झनलायक कुनै २ कामहरु बताइदिनु हाेस् न।
जवाफ-पहिलाे बजेट विनियाेजन गर्दा सबै वडाहरुलाई समान र समानुपातिक बजेट विनियाेजन गरेकाे छु।दाेस्राे जनताले सार्वजनिक सेवाकाे अनुभूति गरुन भन्ने उद्धेश्यले मैले मेराे सुविधामा पाउने गाडीलाई बैङ्क कर्मचारी सुरक्षाकर्मीलाई समेत प्रत्येक वडामा लगेर सामाजिक सुरक्षाकाे भत्तालाई वितरण साथै सामाजिक सुरक्षा बृद्ध भत्ता प्राप्त गर्नुहुने ज्येष्ठ नागरिकहरुकाे प्रत्येक २ महिनामा सम्बन्धित वडामै निशुल्क स्वास्थ्य जाँचकाे व्यवस्था मिलाएकाे छु र स्वास्थ्य परिक्षण भइरहेकाे छ। सानाे थाेरै रकमकाे उपभाेक्ता समिती गठन गरेर सम्झाैता र बैङ्क खाता खाेल्न गाँउपालिका केन्द्र धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न उपभाेक्ता समितिहरु वडा वडामा एकै पटक गठन सँगै बैङ्कखाता खाेल्न शिविर सन्चाल सँगै परामर्श समेत दिने गरिएकाे छ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ८ : ०० बजे

एसियाली खेलकुदमा १०० मिटरकाे दुवै स्वर्ण चीनले जित्यो ।

काठमाडौं,चिनकाे हान्चाउ शहरमा जारी २५ ओ एसियाली खेलकुद अन्तर्गत १००

याे वर्षको एसइई परीक्षा चैत्र दाेेश्राे हप्तादेखि हुने

काठमाडौं,राष्ट्रिय परीक्षा वाेर्डले २०८० सालकाे माध्यमिक शिक्षा परिक्षा एसईई चैत्रकाे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता