७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बानेश्वरकाे २६ वर्षिया पुष्पा प्रकरणमा चारजनालाई पक्राउ



काठमाडौ,राजधानीकाे धुम्बाराहीमा पुष्पा न्यौपाने आत्मदाह प्रकरणमा प्रहरीले आत्महत्या दुरुत्साहनमा चारजनालाई पक्राउ गरिएकाे जनाएकाे छ।

दरवारमार्गस्थित केल्मी ब्रान्डकाे शाेरुम सन्चालिका बानेश्वर घर भएकी २६ वर्षिया पुष्पा न्यौपानेकाे झापा घर भइ धुम्बाराही बस्ने सुधन संग्राैलासँग २०७९ साल भदौ १८ गते इन्गेजमेन्ट भएकाे थियाे। पछि सम्बन्धमा दरार आएपछि २०७९ साल कार्तिक १७ गते सुधनकाे तर्फबाट गहना र दक्षिणा फिर्ता गरिएकाे थियाे।

यस पछि दुई परिवारकाे विवाद उत्कर्षमा पुगेकाे बेला गत शनिवार पुष्पाले धुम्वाराहीमा सुधनकाे घर अघि आफैलाई पेट्राेल छर्केर आगाे लगाएकाे थिइन्। पछि प्रहरीले उद्धार गरेर त्रिवी शिक्षण अस्पताल पुर्याएकाेमा अस्पतालले किर्तीपुरस्थित बर्न अस्पताल रेफर गरेकाेमा साेमबार बिहान उनकाे निधन भएकाे थियाे।

पुष्पाकाे परिवारले आत्महत्या दुरुत्साहनमा सुधन सहित परिवारकाे चारजना विरुद्ध किटानी जाहेरी दिएकाेमा प्रहरीले सुधनलाई पक्राउ गरेकाे तथा अदालतकाे आदेशबाट अन्यलाई पक्राउ गरेता पनि रिहा गरिएकाे प्रहरीवृत्त महाराजगन्जले जनाएकाे छ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १० : ४२ बजे

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र सिजो बिश्लेषणिय कसीमा

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज