४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

स्याङ्जा -२ मा उपसभापति गुरुङकाे अग्रता कायमै



काठमाडौं,हाल मतगणना भइरहेको स्याङ्जा-२ मा नेपाली काङ्ग्रेसको उपसभापति धनराज गुरुङको फराकिलो अग्रता निरन्तर कायमै छ। उपसभापति गुरुङ नेकपा एमालेकाे पद्मा अर्यालभन्दा २ हजार २३ बढीको मतान्तरले अघि हुनुहुन्छ ।

उपसभापति गुरुङले हालसम्म २३ हजार ६८१ मत प्राप्त गर्दा अर्यालले २१ हजार ६५८ मत पाउनुभयो।

उता साे क्षेत्रकै प्रदेश-२ मा भने नेकपा एमालेका बुद्धिमान श्रेष्ठ १३३ मतान्तरले नेपाली काङ्ग्रेसको महेश भट्टराई भन्दा अघि हुनुहुन्छ। श्रेष्ठले ११,५७० मत प्राप्त गर्दा भट्टराईले ११,४३७ मत प्राप्त गर्नुभयो ।

अब चापाकाेट नगरपालिकाकाे मतगणना बाँकि रहेकाे बताइएको छ। साे नगरपालिकामा नेपाली काङ्ग्रेसको पकड रहेकाेले मतान्तर अझै फराकिलो हुने जनाइएको छ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १० : ०१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज