५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापाली चेली सविना याेङहाङ द भ्वाइसकाे टप इलेभेनमा



काठमाडाै,रियालिटी गायन शाे द भ्वाइस अफ नेपालकाे सिजन फाेरकाे लाइभ प्रस्तुतीपछि भाेटिङ राउन्डबाट पूर्व झापाकाे गायिका सविना याेङहाङ राउन्ड इलेभेनमा प्रवेश गर्न सफल भएकि छिन्। टिम राजेशबाट आज राजेश पायल राईकै गित “मैले मायाले दिएकाे चिनाे राख्यौं कि फाल्याै” बाेलकाे गितबाट दमदार प्रस्तुती दिएकाे झापाली चेलिलाई अपेक्षाकृत कम भाेट आएकाे थियाे।

नेपाली साँगितिक आकाशमा एउटा बेग्लै आवाजकाे प्रवेश भएकाे काेच प्रविशाकाे टिप्पणी रहेकाे आजकाे प्रस्तुतिमा सविनाले दर्शकहरुलाई उत्तिकै मनाेरन्जन प्रदान गरिन्। ब्लाइन्डमा,ब्याटलमा,नकआउटमा जस्तै ताल,सुर र सविनाकाे स्वरकाे उत्तिकै बेजाेड प्रस्तुती आज पनि रहेकाे थियाे।

सविनालाई सपाेर्ट गर्न हिलिहाङ डटकम तथा हिलिहाङ मिडियाले अभियान चलाएकाे छ। याे अभियानमा जाेडिएर सविनालाई भाेट दिनुहुने सम्पूर्ण देशविदेशमा रहनुहुने संगितप्रेमीहरुप्रति हिलिहाङ डटकम परिवार हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछाै। हजुरहरुकाे साथ र सहयाेग सविनाकाे निम्ति अझै आवश्यक र अन्य राउन्डकाे लागि पनि अपरिहार्य रहेकाे फेरिपनि अनुराेध गर्दछाै। स्व. बुबाकाे सपना पुरा गर्न तथा नेपाली संगितलाई थप उचाइमा पुर्याउन सफल साँगितिक यात्राकाे लागि प्रतिष्पर्धामा हाेमिएकी झापाली चेलि सविनाकाे सपना साकार पार्नमा साथ र सहयाेग गरिदिनहुन फेरि पनि देशविदेशमा रहनुहुने सम्पुर्ण सँगितप्रेमी महानुभावहरुमा हार्दिक अनुराेध र अपिल गर्दछाै।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १२ : ०८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज