६ चैत्र २०७९, सोमबार | March 20, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“महिलाहरुकाे नेतृत्वक्षमताकाे विकाश गर्नेछु”,मैया श्रेष्ठ लावती ,प्रदेशसभा सदस्य समानुपातिक उम्मेद्वार



फिदिम,नेपाली काङ्ग्रेस पाँचथरका प्रदेश कार्य समिति ख का सभापति तथा प्रदेश सभाकाे समानुपातिक सदस्यका उम्मेद्वार मैया श्रेष्ठ लावतीले महिलाहरुकाे नेतृत्व क्षमता विकाश गर्ने बताउनुभएकाे छ। हिलिहाङ डटकमकाे पाँच सवालमा कुरा गर्दै नेतृ श्रेष्ठले साे कुरा बताउनुभएकाे हाे।प्रस्तुत छ हिलिहाङ डटकमले उहाँसँग गरेकाे पाँच सवालहरु-
सवाल-१,समानुपातिक उम्मेद्वार बन्नु भएकाे तपाइकाे पार्टीलाई मतदाताहरुले मत दिनुपर्ने २ कारणहरु के के छन् त?
जवाफ-१-पार्टीकाे क्षेत्रिय सभापति भएकाे कारण पार्टिले दिएकाे जिम्मेवारीप्रति धन्यबाद छ।पहिलाे कारण पाँचथरमा महिलाहरुकाे आवाज बुलन्द गर्ने पार्टी र दाेश्राे कारण दुःख सुखमा साथ दिनुका साथै महिलालाई सम्मान गर्ने हुनाले मतदान गर्नुहुन अनुराेध गर्दछु।

सवाल-२,आफ्नाे लागि मात्रै कि गठबन्धनलाई पनि मत माग्दै हुनुहुन्छ नि?
जवाफ-२-गठबन्धनका साझा उम्मेद्वारहरु प्रतिनिधी सभामा नेपाली काङ्ग्रेसका सह-महामन्त्री भिष्मराज आङ्देम्बे र प्रदेश सभामा आर्थिक तथा भाैतिक मामिला मन्त्री इन्द्र बहादुर आङ्बाे माैसम लगायत सिङ्गाे देशकाे आवश्यकताअनुसार गठबन्धनलाई मत मागिरहेकाे छु।

सवाल-३,निर्वाचित जस्तै नै हुनुहुन्छ,अब तपााईले गर्नु हुने कुनै २ कुराहरु के के छन् त ?
जवाफ-३-भूगाेल र क्षेत्रकाे लागी काम गर्न चाहन्छु।पहिलाे पाँचथरका महिलाहरुकाे नेतृत्व विकास गर्न चाहन्छु।दाेश्राे पाँचथर ख जाे दुर्गम कालीकाेटजस्ताे छ,यहाँ सडक निर्माण गर्न प्रदेश सरकार र केन्द्रिय सरकारसँग सहकार्य गर्ने याेजना छ।

सवाल-४,मतदाताहरुकाे प्रतिक्रियाचाँहि कस्ताे मिल्याे नि ?
जवाफ-४ -सिङ्गाे गठबन्धनका उम्मेद्वारहरुलाई जिताउने उर्जा प्राप्त भएकाे छ।केन्द्रमा पहुँच र प्रभाव भएका प्रतिनिधी सभाका उम्मेद्वार केन्द्रिय सह-महामन्त्री भिष्मराज आङ्देम्बेप्रति उत्साह र विश्वाश मतदाताहरुमा देखिएकाे छ।हामीले चुनाव जितिसकेकाे भान हुन्छ।

सवाल-५,अन्तमा मतदाताहरुलाई केहि भन्नु छ कि?
जवाफ-५-पाँचथरका आशा तथा विकास र समृद्धीकाे निम्ति हाम्रा गठबन्धनका साझा उम्मेद्वारहरुलाई एकपटक काम गर्ने माैका प्रदान गरिदिनहुन हार्दिक अनुराेध गर्दछु।संबिधान निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी आदरणिय भिष्मराज आङ्देम्बे दाईले पूरा गर्नुभएकाे हुनाले हामी संघिय संरचनामा छाै यसर्थ उहाँलाई लगायत गठबन्धनका साझा उम्मेद्वारहरुलाई अमूल्य मत मतदान गरिदिनहुन हार्दिक अनुराेध र अपिल गर्दछु।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ३ : ३६ बजे

निकाल्याे माेरङ शिक्षा समन्वय इकाईले प्रावि नियुक्ति प्रयाेजनार्थ पालिका छनौट सुचना

विराटनगर,शिक्षा विकास समन्वय इकाई माेरङले शिक्षक सेवा आयाेगबाट सिफारिस भएका

ताप्लेजुङको पाथिभरा क्याम्पसमा दस गुणा बढि मत सहित नेविसंघको अर्जुन खिम्दिङ विजयी

ताप्लेजुङ,ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसकाे स्ववियु चुनाबमा नेविसंघको अर्जुन खिम्दिङ विपक्षी

उर्लाबारी क्याम्पस माेरङमा नेविसंघ प्यानलै विजयी

उर्लाबारी,पूर्वि माेरङकाे उर्लाबारी बहुमुखी क्याम्पसमा स्थापनाकालदेखि इतिहासमा पहिलाेपटक नेविसंघले आठ

९११ निमावि शिक्षकको लागि ७८,४७९ जना र ६७५ माविमा ३८,३३७ जनाकाे महाभिडन्त

काठमाडौं,शिक्षक सेवा आयाेगले विज्ञापन गरेकाे निमावि तहकाे ९११ शिक्षक पदमा

तेह्रथुम क्याम्पस,चुहानडाडामा नेवि संघ प्यानलै विजयी

आठराई,पूर्वि पहाडमा रहेकाे त्रिविकाे एकमात्र आंगिक क्याम्पस,चुहानडाडा क्याम्पस आठराईमा नेविसंघको