१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“समाज रुपान्तरण र युवाहरुकाे सहभागिताकाे लागि मेराे उम्मेद्वारी”-खगेन्द्र मैनाली,झापा-२(२)



विर्तामाेड,झापा जिल्ला प्रदेश २ ख बाट नेपाली काङ्ग्रेसका प्रदेश सभा सदस्य पदका उम्मेद्वार तथा नेपाली काङग्रेस झापा-२ खकाे प्रदेश कार्य समितिका सभापति खगेन्द्र मैनालीले समाज रुपान्तरण र युवाहरुकाे सहभागिताकाे लागि आफूले उम्मेद्वारी दिएकाे बताउनुभएकाे छ।हिलिहाङ डटकमकाे पाँच सवाल स्तम्भमा कुरा गर्नुहुदै उम्मेद्वार मैनालीले साे कुरा बताउनु भएकाे हाे।प्रस्तुत छ उहाँसँग गरिएकाे कुराकानीहरु-

सवाल-१,तपाईलाई झापा-२ खका मतदाताहरुले मतदान गर्नुपर्ने कुनै ३ कारणहरु के के छन् नि ?
जवाफ-१-पहिलाे कारण समाजमा रहेकाे अधिकांश युवाहरुलाई संस्थागत गर्ने र विकास निर्माणमा सहभागी गराउने दाेश्राे विकास निर्माण गरेर क्ष्तेत्रकाे अवस्था परिवर्तन गर्ने तथा तेश्राे ब्यापक राेजगारी सिर्जना गरेर गरिखाने वातावरण सिर्जना गर्दै गरिखाने अवस्था बनाउने मेराे प्रतिबद्धतालाई साकार बनाउन झापा-२ प्रदेश खका मतदाताहरुले मलाई मतदान गर्नुहुन अनुराेध गर्दछु।

सवाल-२,गठबन्धनकाे आवश्यकता किन हाेला ?
जवाफ-२-संबिधानकाे रक्षा र समृद्धीकाे लागि तथा मुलुककाे अवस्था परिवर्तनकाे लागी गठबन्धन आवश्यक छ र यसकाे प्रभाव पनि राम्राे रहेकाे छ।

सवाल-३,याे क्षेत्रकाे अर्जुनधारा नगरपालिकाकाे ११ वटा र बुद्धशान्ती गाँउपालिकाकाे ३ वटा गरेर १४ वटै वडाबासी मतदाताहरुकाे प्रतिक्रियाचाहि के छ नि?
जवाफ-३-युवा जाेश र जाँगर बाेकेका युवा र सचेत मतदाताहरुबाट उर्जा मिलेकाे पाएकाे छु।सकारात्मक प्रयास र पहलहरु मैले विभिन्न क्षेत्रमा गरेकाे हुनाले मतदाताहरु उत्साहित हुनुहुन्छ।

सवाल-४,कुनै २ चुनावी प्रतिवद्धताहरु के के छन् ?
जवाफ-४-पहिलाे प्रतिबद्धता याे क्षेत्रकाे समस्यालाई हेरेर भाैतिक विकास निर्माण र पूर्वाधार विकासमा समर्पित हुने र दाेश्राेमा राेजगारी सिर्जना गर्दै जेष्ठ नागरिककाे घरघरमा स्वास्थ्य सेवा उपलब्ध गराउदै समृद्धीकाे सपना साकार पार्ने ।

सवाल-५,चुनाव जित्नुभएपछिका तपाईका झापा-२ ख मा ल्याउने कुनै २ याेजनाहरु नि ?
जवाफ-५-जनमतलाई समाजसँग जाेड्ने छु।कृषी पेशा र कृषकका मल वीउ र बजारका समस्याहरु समाधान गर्नेछु।जिविकाेपार्जन र राष्ट्रियतासम्बन्धी कन्फ्युजनलाई क्लियर गर्ने तथा याेजनाहरुलाई नयाँ माेडेल ल्याउने संकल्प गर्दछु।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १० : ०२ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको