३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

” पाँचथरे विकासकाे पूर्वाधार, सिलाैटीमा सरर केवलकार” -सहमहामन्त्री भिष्मराज आङदेम्बे



फिदिम,नेपाली काङ्ग्रेसकाे सह-महामन्त्रि तथा पाँचथरबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार भिष्मराज आङदेम्बेले समग्र पाँचथर जिल्लाकाे विकासकाे निम्ती विस्तृत गुरुयाेजना डिपिआर निर्माण गरिने बताउनु भएकाे छ। हालै फिदिम-६ काे चाेकमागुमा आयाेजित जनसभालाई सम्बाेधन गर्दै सह-महामन्त्री आङ्देम्बेले साे कुरा बताउनु भएकाे हाे।व्यापक जनसहभागिता रहेकाे साे जनसभामा सम्बा्ेधन् गर्ने क्रममा सह-महामन्त्री आङदेम्बेले भन्नुभयाे”आफ्नै जिल्लाकाे ३ अरबभन्दा बढिकाे बजेट भएकाे मन्त्रालय चलाउदा,जुन मन्त्रालय पाउने सपना त के कल्पना पनि थिएन् समेत आफ्नाे घरजग्गा बाहेक जन्मघर रहेकाे माथिल्लाे गाँउ समेत नहेर्नेबाट समृद्धीकाे कुनै भिजन छैन र फेरी मत माग्ने आधार छैन्”आङ्देम्बेकाे इशारा नेकपा एमालेकाे उम्मेद्वार प्रति थियाे”अन्त किन टाढा जानु र फिदिम माविकाे खेलमैदानकाे अवस्थाले साे बाेलिरहेकाे र पाँचथरे सपनामाथि तुषारापात गरेकाे छ ”

“म जनप्रतिनिधी हुँदा मैले ल्याएकाे बजेटकाे प्रत्यक्ष अनुभव तपाईहरुले गर्नुभएकाे छ र जुन स‌बिधान बनाउने जिम्मेवारी दिनुभएकाे थियाे साे पुरा गरेकाे छु” सह-महामन्त्री आङदेम्बेले थप्नुभयाे”याे पाँचथरकाे सिलाैटी लब्रेकुटी,जहाँ गुरु फाल्गुनन्दले १३ वर्ष तपस्या गर्नुभयाेलाई विश्वभरिका किराँतीहरुकाे पवित्रस्थल निर्माण गरिने गरी प्रतिवद्धता पत्र सार्वजनिक गरिसकेकाे छु।थप केवलकार निर्माण गर्न निजि कम्पनीहरुसँग पहल गर्नेछु।यसर्थ समृद्ध पाँचथर बनाउने सपना पुरा गर्न मलाई पाँचथरे जनताकाे मत आवश्यक छ।”

साे जनसभामा पाँचथर प्रदेश सभा-खका प्रदेश सभा सदस्य पदका उम्मेद्वार तथा १ न‌ प्रदेश सरकारका अर्थ पूर्वाधार विकास मन्त्री इन्द्र बहादुर आङबाे माैसम,नेपाली काङ्ग्रेसका प्रतिनिधी सभाकाे समानुपातिक उम्मेद्वार मधु जवेगू तथा प्रदेश समानुपातिक उम्मेद्वार मैया श्रेष्ठ लावती लगायतले बाेल्नु भएकाे थियाे।

पुरै सम्बाेधन हेर्न भिडियाे हेर्नुहाेला।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : १० बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु