१४ आश्विन २०८०, आइतबार | October 2, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“अहंकार र तानाशाहकाे घाेडाबाट ओराल्न गार्हाे हुन्छ “-विश्वप्रकाश शर्मा



विर्तामोड,नेपाली काङ्ग्रेसको महामन्त्री विश्वप्रकाश शर्माले सत्ताकाे घाेडाबाट,अहङ्कारकाे घाेडाबाट मानिसलाई ओराल्न गाह्रो हुन्छ जबकि घाेडाबाट ओराल्न सजिलाे हुन्छ,सत्ताकाे घाेडाबाट जनमत नदिएर ओराल्न सकिने बताउनु भएकाे छ।मेचिनगर-३,बेशीशहर,झापामा आयाेजित कार्यक्रममा महामन्त्री शर्माले साे कुरा बताउनुभयो ।शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलिले संविधान काे खिल्ली उडाएकाेप्रति खेद ब्यक्त गर्दै साे अहंकारको र तानाशाहकाे घाेडाबाट ओराल्न माधवकुमार नेपाल र प्रचण्ड तथा वरिष्ठतम् नेता झलनाथ खनालले सहयोग गर्नुभएको बताउनुभयो ।

दशौ हजार कायर्कर्ताकाे भिडलाई सम्बाेधन गर्दै महामन्त्री शर्माले थप्नुभयाे”मुलुकलाई शान्ति र समुन्नतिमा लैजान २०६२ सालमा नै गठबन्धनको पृष्ठभूमि बनेको हाे,बाह्रबुँदे सहमति पत्रमा गिरिजाप्रसाद काेइराला,प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गर्नुभा’छ,जुन गठबन्धन आज कायम छ र याे पाँचवर्ष टिक्नेछ र मिलेर सरकार चलाउनेछ किनभने हामी छुट्नकाे लागि बनेकाे हाेइन”२०७० काे चुनावमा ६८९ मतले उपविजेता बनेकाे सम्झदै नेता शर्माले २०७४ मा पहिलो र तेस्रो दल मिल्दा दाेस्राे दल नेपाली काङ्ग्रेसको जुन हालत बनेकाे थियाे अहिले पहिलाे दल नेपाली काङ्ग्रेस र तेस्राे दल एकीकृत माओवादी मिल्दा र साथमा एकीकृत समाजवादी हुनाले दाेस्राे दल एमालेकाे साेहि हालत हुने बताउनुभयो ।

“गण्डकी प्रदेशकाे राजधानी पाेखरा महानगर र बागमती प्रदेशकाे राजधानी हेटौडा उपमहानगर जितेबाट नेकपा एकीकृत समाजवादीकाे जनमत प्रष्ट छ,जसरी सलादकाे बाेट हुदैन तर विविध फलफुलकाे टुक्रा मिलाएर भान्सामा सलाद बन्छ त्यसरी नै देशकाे समृद्धिकाे लागि,संविधानकाे रक्षाकाे लागि हामी फरकफरक विचार भएका दलहरु मिलेका छौं,जुन समयकाे माग हाे”महामन्त्री शर्माले भन्नू भयाे।

साे कार्यक्रममा नेकपा एकीकृत समाजवादी का वरिष्ठतम् नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल,झापा-१(१) का प्रदेश सभा सदस्यका उम्मेदवार गाेपाल तामाङ,इलाम-१(२) का प्रदेश सभा सदस्यका उम्मेदवार शमसेर राईले सम्बाेधन गर्नुभएको थियाे।

पुरै सम्बाेधन हेर्न हाम्रो हिलिहाङ युट्युव च्यानल हेर्नुहाेला।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : ५० बजे

एसियाली खेलकुदमा १०० मिटरकाे दुवै स्वर्ण चीनले जित्यो ।

काठमाडौं,चिनकाे हान्चाउ शहरमा जारी २५ ओ एसियाली खेलकुद अन्तर्गत १००

याे वर्षको एसइई परीक्षा चैत्र दाेेश्राे हप्तादेखि हुने

काठमाडौं,राष्ट्रिय परीक्षा वाेर्डले २०८० सालकाे माध्यमिक शिक्षा परिक्षा एसईई चैत्रकाे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता