४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ऐतिहासिक हिलिहाङ दरबार प्रवेशद्वार हिलिहाङ गेट उद्घाटन हुने



हिलिहाङ,ऐतिहासिक हाङ हिलिहाङ दरवार प्रवेशद्वार हिलिहाङ गेटकाे भाेली उद्घाटन हुने भएको छ। निर्माणाधीन हिलिहाङ गेट निर्माण कार्यकाे लागि देशविदेशमा रहनुहुने हिलिहाङका याेङहाङ बन्धुहरुकाे आर्थिक,प्राविधिक  सहयाेग रहेकाे साे हिलिहाङ गेट अग्न्तिम राजा हाङ हिलिहाङकाे जन्मजयन्तिकाे अवसर पारेर उद्घाटन गरिने हिलिहाङ फाउन्डेसनले जनाएको छ।

याङरुक राज्यको अन्तिम राजाकाे रुपमा राजा हिलिहाङ याेङहाङले ३२ वर्ष पृथ्वीनारायण शाहकाे नेपाल एकिकरणहुन अघिसम्म राज्य गरेका थिए।वि.सं.१८४२ मा हिपाताल सिक्किममा निधन हुनुभएका हाङ हिलिहाङले जिवनपर्यन्त गाेर्खाली र सिक्किमे भाेटिया र लाप्चा सैनिकहरु संग युद्ध लडेका थिए। भाेटेगढी लाप्चेगढी जस्ता युद्धस्थलहरु अद्यापी हिलिहाङ-३ मा छदैछ ।

पृथ्वीनारायण शाहसँग सन्धिकाे वि.सं.१८३१ काे ताम्रपत्र पछि सिक्किम पलायन भएका तमाेरपूर्वका ३२,००० लिम्बू हरुसँगै सिक्किम जानुभएको अनुमान गर्न सकिन्छ।पछि प्रतापसिंह शाह तथा रणबहादुर शाहद्वारा विभिन्न लालमाेहर जारी गरेर सिक्किम पलायन भएका लिम्बुहरुलाई नेपाल झिकाइएको थियाे।

जेहाेस् प्रत्यक्ष वा पराेक्ष जे भएतापनि नेपाल एकिकरणमा याेगदान पुर्याउनु भएकाे राजा हिलिहाङ याेङहाङकाे स्मरणमा नेपाल सरकारले तत्कालीन अमरपुर,पन्चमी,सुभाङ र भारापा गाविसलाई समेटेर हिलिहाङ गाउपालिका नामाकरण गरेकाे छ।

 

 

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १ : ०१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज