६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जेभाले फुटबलमा माउन्ट सेभेन फालेलुङ र आयाेजक उपाधिकाे लागि भिड्ने



नाेगेनहाङ लिम्बू /फिदिम-१३,जेभालेमा दशैकाे अवसरमा सन्चालित दशमी मेला ओपन फुटबलकाे महिला तर्फ आज भएकाे सेमिफाइनलमा आआफ्नो खेल जित्दै माउन्ट सेभेन युवा क्लब फालेलुङ र आयाेजक ए फाइनलमा प्रवेश गरेका छन्।

फाइनलमा प्रवेश गर्ने क्रममा माउन्ट सेभेन युवा क्लब फालेलुङ-३ले आयाेजक बी लाई ३-० ले हरायो भने अर्को सेमिफाइनलमा आयाेजक एले चाेम्जुलुङ सेवा समाजलाई पेनाल्टी सुटआउटमा ३-२ले हराउँदै फाइनलमा प्रवेश गर्याे।

उता पुरुषतर्फ नेपाल मगर संघ फिदिम-६,किराँत राई यायाेक्खा फिदिम-१२,YBC फालेलुङ-८ र आयाेजक दशमी आआफ्नो खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।

आज भएको क्वाटरफाइनल खेलमा आयाेजक दशमीले चाेम्जुलुङलाई ३-० ले हरायो भने किराँत राई यायाेक्खा फिदिम-१२ले मना फजुम फिदिमलाई २-१ले हरायाे। यसरी नै अर्को क्वाटरफाइनलमा नेपाल मगर संघ फिदिम-६ले SFC फिदिम-१० लाई १-०काे झिनाे अन्तरले हराउदा YBCफालेलुङले JYC फिदिमलाई २-१ले हराउदै सेमिफाइनलमा प्रवेश गर्याे।

साे फुटबलको भाेली फाइनलका खेलहरु हुने आयाेजककाे तर्फबाट गजेन्द्र राईले हिलिहाङ डटकमलाई बताउनु भयाे।

गत असाेज १७ गतेदेखि संचालित साे फुटबल खेलमा पुरुषतर्फ ३८ टिम र महिलातर्फ १३ टिम सहभागी थिए । साे प्रतियोगितामा प्रथम पुरस्कार रु १,२१,१११/- रहेकाे बताइएको छ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : ३५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज