१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जेभाले फुटबलमा माउन्ट सेभेन फालेलुङ र आयाेजक उपाधिकाे लागि भिड्ने



नाेगेनहाङ लिम्बू /फिदिम-१३,जेभालेमा दशैकाे अवसरमा सन्चालित दशमी मेला ओपन फुटबलकाे महिला तर्फ आज भएकाे सेमिफाइनलमा आआफ्नो खेल जित्दै माउन्ट सेभेन युवा क्लब फालेलुङ र आयाेजक ए फाइनलमा प्रवेश गरेका छन्।

फाइनलमा प्रवेश गर्ने क्रममा माउन्ट सेभेन युवा क्लब फालेलुङ-३ले आयाेजक बी लाई ३-० ले हरायो भने अर्को सेमिफाइनलमा आयाेजक एले चाेम्जुलुङ सेवा समाजलाई पेनाल्टी सुटआउटमा ३-२ले हराउँदै फाइनलमा प्रवेश गर्याे।

उता पुरुषतर्फ नेपाल मगर संघ फिदिम-६,किराँत राई यायाेक्खा फिदिम-१२,YBC फालेलुङ-८ र आयाेजक दशमी आआफ्नो खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।

आज भएको क्वाटरफाइनल खेलमा आयाेजक दशमीले चाेम्जुलुङलाई ३-० ले हरायो भने किराँत राई यायाेक्खा फिदिम-१२ले मना फजुम फिदिमलाई २-१ले हरायाे। यसरी नै अर्को क्वाटरफाइनलमा नेपाल मगर संघ फिदिम-६ले SFC फिदिम-१० लाई १-०काे झिनाे अन्तरले हराउदा YBCफालेलुङले JYC फिदिमलाई २-१ले हराउदै सेमिफाइनलमा प्रवेश गर्याे।

साे फुटबलको भाेली फाइनलका खेलहरु हुने आयाेजककाे तर्फबाट गजेन्द्र राईले हिलिहाङ डटकमलाई बताउनु भयाे।

गत असाेज १७ गतेदेखि संचालित साे फुटबल खेलमा पुरुषतर्फ ३८ टिम र महिलातर्फ १३ टिम सहभागी थिए । साे प्रतियोगितामा प्रथम पुरस्कार रु १,२१,१११/- रहेकाे बताइएको छ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : ३५ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र