१४ आश्विन २०८०, आइतबार | October 2, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जेभाले फुटबलमा माउन्ट सेभेन फालेलुङ र आयाेजक उपाधिकाे लागि भिड्ने



नाेगेनहाङ लिम्बू /फिदिम-१३,जेभालेमा दशैकाे अवसरमा सन्चालित दशमी मेला ओपन फुटबलकाे महिला तर्फ आज भएकाे सेमिफाइनलमा आआफ्नो खेल जित्दै माउन्ट सेभेन युवा क्लब फालेलुङ र आयाेजक ए फाइनलमा प्रवेश गरेका छन्।

फाइनलमा प्रवेश गर्ने क्रममा माउन्ट सेभेन युवा क्लब फालेलुङ-३ले आयाेजक बी लाई ३-० ले हरायो भने अर्को सेमिफाइनलमा आयाेजक एले चाेम्जुलुङ सेवा समाजलाई पेनाल्टी सुटआउटमा ३-२ले हराउँदै फाइनलमा प्रवेश गर्याे।

उता पुरुषतर्फ नेपाल मगर संघ फिदिम-६,किराँत राई यायाेक्खा फिदिम-१२,YBC फालेलुङ-८ र आयाेजक दशमी आआफ्नो खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।

आज भएको क्वाटरफाइनल खेलमा आयाेजक दशमीले चाेम्जुलुङलाई ३-० ले हरायो भने किराँत राई यायाेक्खा फिदिम-१२ले मना फजुम फिदिमलाई २-१ले हरायाे। यसरी नै अर्को क्वाटरफाइनलमा नेपाल मगर संघ फिदिम-६ले SFC फिदिम-१० लाई १-०काे झिनाे अन्तरले हराउदा YBCफालेलुङले JYC फिदिमलाई २-१ले हराउदै सेमिफाइनलमा प्रवेश गर्याे।

साे फुटबलको भाेली फाइनलका खेलहरु हुने आयाेजककाे तर्फबाट गजेन्द्र राईले हिलिहाङ डटकमलाई बताउनु भयाे।

गत असाेज १७ गतेदेखि संचालित साे फुटबल खेलमा पुरुषतर्फ ३८ टिम र महिलातर्फ १३ टिम सहभागी थिए । साे प्रतियोगितामा प्रथम पुरस्कार रु १,२१,१११/- रहेकाे बताइएको छ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : ३५ बजे

एसियाली खेलकुदमा १०० मिटरकाे दुवै स्वर्ण चीनले जित्यो ।

काठमाडौं,चिनकाे हान्चाउ शहरमा जारी २५ ओ एसियाली खेलकुद अन्तर्गत १००

याे वर्षको एसइई परीक्षा चैत्र दाेेश्राे हप्तादेखि हुने

काठमाडौं,राष्ट्रिय परीक्षा वाेर्डले २०८० सालकाे माध्यमिक शिक्षा परिक्षा एसईई चैत्रकाे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता