६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सचिनले सरकारी राँगाे मार हान्न ३लाख १५ हजार तिरे!



रीता थाम्सुहाङ/म्याग्दी,मानिसलाई देवि देवता र धर्म प्रति विश्वासको प्रतिफल जे गर्न पनि तयार हुन्छ र याे भयाे पनि । अचम्म नमान्नु हाेला,१ हजार हाेइन, १० हजार हाेइन पुरै ३ लाख १५ हजारमा सचिन केसीले आफ्नो मनाेकांक्षा पूरा हुने विश्वासमा म्याग्दी रघुगंगा -२ काे भगवती काेत मन्दिरमा सरकारी राँगोकाे बलि मार हानेका छन्।

म्याग्दी रघुगंगा-२ काे भगवती काेतमन्दिरमा बर्षेनी दशैकाे महानवमीमा सरकारी राँगो मार हान्न कालरात्रीकै दिन बडिबडाउमा बाेलबबाेल गरिने परम्परा रहेकाे मन्दिर पूजा व्यवस्थापन समितिकाे रहेकाे छ।यस साल यसरी बाेलकबाेल हुँदा सचिन केसीले सबैभन्दा बढि रु ३लाख १५ हजार बाेल मात्र लगाएनन् साेमबार नै रकम जम्मा गरेकाे पूजा व्यवस्थापन समितिले जनाएकाे छ।

गत साल रु ३ लाखमा सरकारी राँगाेकाे बलि मार हानिएको थियाे।

यसरी भगवती काेत मन्दिरमा सरकारी राँगो मार हान्ने हरुकाे मनाेकांक्षा पूरा भएकाे र उन्नति प्रगति भएकाे जनाइएको छ।दुई बर्ष अघि पुरातत्त्व विभागबाट रु ६० लाखकाे लागतमा साे मन्दिरको पुन:निर्माण गरिएको थियाे।

 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ८ : ०७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज