४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिम-१३,जेभालेमा संचालित दशमी मेला तथा फुटबल प्रतियोगितामा चाेम्जाेलुङ सेवा समाज,NFC फालेलुङ र चर्च व्वाइज विजयी



नाेगेनहाङ लिम्बू /जेभाले, दशैकाे अवसरमा प्रदेश१कै सर्वाधिक पुरस्कार राशी रहेकाे माेफसलकाे फुटबल प्रतियोगिता रुपमा फिदिम-१३,जेभाले,लुङरुपामा सन्चालित दशमी मेला तथा फुटबल प्रतियोगिता अन्तर्गत आज सन्चालित खेलहरुमा आआफ्नो खेल जित्दै चाेम्जाेलुङ सेवा समाज,फालेलुङ-८,चर्च ब्वाइज,फिदिम-१४ र NFC,फालेलुङ-८ अर्को चरणमा प्रवेश गरेका छन्।

अर्काे चरणमा प्रवेश गर्ने क्रममा चाेम्जाेलुङ सेवा समाज,फालेलुङ-८ ले शुभप्रभात युवासमुह फिदिम-१४ लाई,चर्च ब्वाइज, फिदिम-१४ले काेटिराे युवा समाज,फिदिम-१२ लाई र NFC फालेलुङ-८ ले फुल्पा युनाइटेड,फिदिम-१४ लाई समान १-० गाेलअन्तरले हराउन सफल भएको आयाेजककाे तर्फबाट गजेन्द्र राईले हिलिहाङ डटकमलाई बताउनु भयाे।

आगामी विजया दशमी सम्म चल्ने साे मेलाको समापनमा चर्चित गायिका सुनिता थेगिम लगायतका स्थानीय कलाकारहरुकाे प्रस्तुति र धाननाच लगायतका सांस्कृतिक कार्यक्रम रहने बताइएको छ।

फुटबलमा पहिलो र दाेश्राे हुने टिमले मेडल ट्रफी सहित नगद रु १,२१,१११/- र रु ६१,१११/- प्राप्त गर्ने जनाइएकाे छ।

 

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  २ : ४८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज