१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिम-१३,जेभालेमा संचालित दशमी मेला तथा फुटबल प्रतियोगितामा चाेम्जाेलुङ सेवा समाज,NFC फालेलुङ र चर्च व्वाइज विजयी



नाेगेनहाङ लिम्बू /जेभाले, दशैकाे अवसरमा प्रदेश१कै सर्वाधिक पुरस्कार राशी रहेकाे माेफसलकाे फुटबल प्रतियोगिता रुपमा फिदिम-१३,जेभाले,लुङरुपामा सन्चालित दशमी मेला तथा फुटबल प्रतियोगिता अन्तर्गत आज सन्चालित खेलहरुमा आआफ्नो खेल जित्दै चाेम्जाेलुङ सेवा समाज,फालेलुङ-८,चर्च ब्वाइज,फिदिम-१४ र NFC,फालेलुङ-८ अर्को चरणमा प्रवेश गरेका छन्।

अर्काे चरणमा प्रवेश गर्ने क्रममा चाेम्जाेलुङ सेवा समाज,फालेलुङ-८ ले शुभप्रभात युवासमुह फिदिम-१४ लाई,चर्च ब्वाइज, फिदिम-१४ले काेटिराे युवा समाज,फिदिम-१२ लाई र NFC फालेलुङ-८ ले फुल्पा युनाइटेड,फिदिम-१४ लाई समान १-० गाेलअन्तरले हराउन सफल भएको आयाेजककाे तर्फबाट गजेन्द्र राईले हिलिहाङ डटकमलाई बताउनु भयाे।

आगामी विजया दशमी सम्म चल्ने साे मेलाको समापनमा चर्चित गायिका सुनिता थेगिम लगायतका स्थानीय कलाकारहरुकाे प्रस्तुति र धाननाच लगायतका सांस्कृतिक कार्यक्रम रहने बताइएको छ।

फुटबलमा पहिलो र दाेश्राे हुने टिमले मेडल ट्रफी सहित नगद रु १,२१,१११/- र रु ६१,१११/- प्राप्त गर्ने जनाइएकाे छ।

 

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  २ : ४८ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको