५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलाममा सडक दुर्घटनामा माेटरसाइकलचालककाे मृत्यु



रीता थाम्सुहाङ/इलाम,मेची राजमार्गको इलाम विप्ल्याटे खन्डमा गतराती भएको सडक दुर्घटनामा परि प्र-१-०१-०१४ प १०६० नम्बरका माेटरसाईकल चालक इलाम-४ का २३ बर्षिय बिशाल राईकाे मृत्यु भएकाे इलाम प्रहरीले जनाएको छ।

प्र-३- बा-०८८५ नम्बरको स्कारपियाे र प्र-१-०१-०१४ प -१०६० नम्बरको माेटरसाइकल ठाेक्किदा सख्त घाइते बनेका माेटरसाइकल चालकको उपचारको लागि झापा विर्तासिटी अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएकाे प्रहरीले जनाएको छ।

स्कारपियाे चालक छिरिङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

यसैबीच काठमाडौबाट झापा आउदै गरेकाे ना ७ ख २०३२ नम्बरको यात्रुबाहक बस मकवानपुरकाे हेटौंडा चुरियामाइमा दुर्घटना हुदा दमक-५का ६० वर्षिय दिल्ली बहादुर दर्जी र माेरङ बेलबारी-८ का ५१ बर्षिय कल्पना राजवंशीकाे मृत्यु भएको मकवानपुर प्रहरीकाे प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो ।उहाँको अनुसार आइतबार विहान बस अनियन्त्रित भइ नालामा खस्दा थप ३६ यात्रु घाइते भएका छन् र घाइतहरुकाे उपचार भइरहेको छ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  १० : १८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज