५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एउटा फुटबलको सम्भावना, हिलिहाङकाे प्रविना कालिकाेटे



रीता थाम्सुहाङ/हिलिहाङ,”ढुङ्गाकाे काप फाेरेर पनि उम्रन्छ पिपल,सिर्जना शक्ति संसारमा कहिल्यै हुदैन विफल” याे हरफहरुसँग मेल खानेगरि अनवरत प्रयास,मेहनत लगनशीलता काे प्रतिफल  दुरदराज दुर्गम गाउँ पाँचथर हिलिहाङ-१,भालुचाेकमा जन्मेर पनि प्रविना कालिकोटे प्रदेश १बाट आफुलाई अब्बल सावित गराउदै फुटबलको प्रदेश स्तरीय खेलाडीकाे रुपमा सामेल गराउन सफल बन्नु भएकाे छ।

फुटबलको सम्भावना बाेकेकाे खेलाडीकाे रुपमा आफुलाई परिचित गराउन हिलिहाङकाे खेलाडी प्रविनाले हालै सम्पन्न प्रदेशस्तरिय छनौट खेलमा पाँचथरकाे प्रतिनिधित्व गर्दै महिला फुटबलमा छनाेट हुनुहुने पाँचथरका २ महिला फुटबलरमा अग्र स्थानमा हुनुहुन्छ ।

पाेखरामा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला फुटबलका प्रविना कालिकाेटे सहित पाँचथरका विभिन्न १९ खेलाडीहरुले प्रदेश १बाट सहभागीता जनाउदै हुनुहुन्छ ।

हालै सिद्ध माविकाे खेलमैदानमा सम्पन्न महिला फुटबल प्रतियोगिताकाे फाइनलमा  हिलिहाङ-१ बाट २ गाेल गर्दै आफ्नो टिमलाई विजयी बनाउनुकाे साथै जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बे  र गाउँ पालिका अध्यक्ष समरबहादुर अधिकारीबाट नगद पुरस्कार सहित सम्मानित बन्नु भएकाे थियाे।

साे प्रतियोगितामा  पुरुषतर्फ चित्ताेक नागी टिमले फाइनलमा हिलिहाङ दरवार संरक्षण वाेर्डलाई १-० ले हराउँदै नगद ३०,०००/-  सहित प्रथम स्थान प्राप्त गर्न सफल बन्नु भएकाे आयाेजककाे तर्फबाट जिसस सदस्य टेकराज याेङहाङले हिलिहाङ डटकमलाई बताउनु भयाे।

सेमिफाइनलमा चित्ताेक नाँगीले हिलिहाङ-३,नुव्सा पाङ्भेलाई र हिलिहाङ दरवार संरक्षण वाेर्डले हिलिहाङ-३ युनाइटेडलाई हराउदै फाइनल प्रवेश गरेका थिए ।

अर्को राेमान्चक खेल भाले झिक्ने मा भने हिलिहाङ-३ का सुजन याेङहाङ विजेता बन्दै भालेसहित नगद पुरस्कार जित्न सफल बनेकाे जनाइएको छ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  १० : ०६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज