खेसेहाङ लिम्बू /एक लेखा अधिकृतले २ वर्षमा साढे ७ कराेड भ्रष्टाचार गरेका छन्। लेखा अधिकृत रविनचन्द्र ढुङ्गेलले कटारी नगरपालिकामा २०७४-११-१६ देखि २०७५-०१-१२ दुई महिनाकाे अवधिमा मात्रै ३कराेड ९८ लाख भ्रष्टाचार गरेकाे खुलेको छ।
यसअघि इलामको माई नगरपालिकामा लेखा अधिकृत रहँदा २०७४-२-२१ देखि २०७४-११-१४ सम्मकाे ९ महिनामा ३कराेड २४लाख भ्रष्टाचार गरेकाे पाइएकाे छ।
कटारी सरुवा भएपछि बरबुझारथकाे क्रममा माइ नगरपालिकाकाे लेखा अधिकृतले अनियमितता देखेपछि याे घटना सार्वजनिक भएको हाे।
कटारी नपाकाे खातामा काेष तथा लेखा नियन्त्रणकाे कार्यालयबाट निकासा भएकाे रु ६३ कराेड ५८ लाख मध्ये रु ६२ कराेड ५२ लाख मात्र जम्मा भएपछि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले छानवीन गर्दा प्रशासकीय अधिकृतकाे किर्ते हस्ताक्षर गरेकाे खुल्यो ।
- खरिदार बाट २०६९सालमा सरकारी जागिर शुरु गरेका ढुङ्गेलले यसअघि साेलुखुम्बुमा पनि यस्तै हर्कत गरेकाे जनाइएको छ।
प्रतिक्रिया