२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मावि गणित शिक्षककाे माग गरिएकाेमा आधा रिक्त,आधाले मात्र विषयगत पास गरे।



युन्छाे लिम्बू /काठमाडौं ,२२भदौ ,शिक्षक सेवा आयाेगबाट विज्ञापन गरिएकाे मावि तहकाे गणित विषयकाे विषयगत परिक्षाकाे नतिजा एकदमै  निराशाजनक आएको छ।देशभरिका माग गरिएको २८७ पदमध्ये १५१ जनामात्र विषयगत परीक्षामा उत्तीर्ण भइ अन्तर्वार्तामा छानिएका छन्।याे प्रतिशतमा ५२.६१% हुनजान्छ।४७.३९% पद रिक्त भएर पुन:विज्ञापन गर्नु पर्ने भएको छ।

प्रदेश -१मा खुला ४२ सहित ७६जनाकाे विज्ञापन गरिएकाेमा २८ जनामात्र अन्तर्वार्तामा छानिएकोले ४८पद रिक्त हुने भएकाे छ भने मधेस प्रदेशमा खुला ९ सहित १८ पदमध्ये ४ जनामात्र अन्तर्वार्तामा छानिएका छन् फलत:१४ पद रिक्त भएकाे छ।बाग्मती प्रदेशकाे ३२ खुलासहितकाे ५९ पदमध्ये ५४ जना अन्तर्वार्तामा छनैाट भइ ५ पद रिक्त हुनुकाे साथै गण्डकी प्रदेशकाे ३० खुलासहित ५५ पदमध्ये ३२जना अन्तर्वार्तामा छनाैट भएर २३ पद रिक्त हुन गएकाे छ।

लुम्बिनी प्रदेशकाे २० खुलासहित ३७ पदमध्ये १४ जना र कर्णाली प्रदेशका १६ खुलासहित २९ पदमा ८जना मात्र विषयगत परीक्षामा उत्तीर्ण छन्।यसरी लुम्बिनी र कर्णाली प्रदेशमा क्रमशः २३ र २१ पद पुनः विज्ञापन गर्न पर्ने भएकाे छ भने सुदुर पश्चिम प्रदेशकाे ९खुला सहितको १६ पदमा ११जनामात्र अन्तर्वार्तामा छनौट भइ ५ पद रिक्त हुने भएको छ।

  1. इतिहासमा पहिलोपटक अन्तर्वार्तामा सामेलहुँदा मात्रै पनि स्थायी मावि गणित शिक्षक बनिनु आश्चर्यजनक रहेकाे विज्ञहरूको ठहर छ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ४ : ४८ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक