१४ आश्विन २०८३, बुधबार | September 30, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सोसियल मिडियाको नाउ दिस कसरी बन्यो समाचारको पावरहाउस


१६ भदौ २०७९, बिहिबार  


सोसियल मिडियालाई लक्षित गरेर सन् २०१२ मा  स्थापना गरिएको समाचार संस्था नाउ दिसका अध्यक्ष एथन स्टेफानोपौलोसले  समाचार र राजनीति विषयका लागि फेसबुक, युट्युब र ट्विटरमा अमेरिकामा सबैभन्दा बढी हेरिने ब्रान्ड कसरी बन्यो भनेर रहस्य खोल्नु भएको छ।

एथन स्टेफानोपौलोसले सोसल मिडिया केन्द्रित भएर समाचार रिपोर्टिङ गर्ने नाउ दिसले टेलिभिजनकै स्तरको गुणस्तरीय  समाचार सामग्री दिने मात्र होइन यसले त आफूलाई टिभी कार्यक्रम उत्पादन गर्न सक्ने ब्रान्डका रूपमा स्थापित गरेको छ।

डेमोक्रेटिक पार्टीतर्फ झुकाव भएको दस वर्ष पुरानो यो ब्रान्डको बेलायतमा पनि धेरै फलोअर्स छन्। टिकटकमा लगभग ९० लाख फलोअर्स भएको यसको एपलाई त्यसमा सबैभन्दा ठूलो समाचार माध्यमको ब्रान्ड मानिन्छ। सन् २०२२ को जुन महिनामा इन्स्टाग्राममा यसका भिडियोहरूमा १९ करोड भ्युहरू भएको थियो अर्थात १९ करोड पटक हेरिएको थियो।

एथनका अनुसार, यसको सफलता पछाडिको रहस्यचाहिँ सोसियल मिडियाका युवा प्रयोगकर्तालाई आकर्षित गर्ने विषय र शैलीको पहिचान गर्ने खुबीमा नै हो।  “युवाहरू माझ पुग्न चाहन्छौ भनेर सबैले भन्छन्, तर हामीले हाम्रो ब्रान्डको शुरुदेखि नै युवाका बीचमा पुग्ने काम गम्भीरताका साथ गर्‍यौ,” एथनले भन्नुभयो।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  २ : ५३ बजे

नेपाली काङ्ग्रेसको पन्ध्रौ महाधिवेशनमा हिलिहाङबाट २ जना केन्द्रिय महाधिवेशन प्रतिनिधी निर्वाचित

फिदिम ।नेपाली काङ्ग्रेसको पन्ध्रौ पाँचथर प्रतिनिधि सभा क्षेत्रिय  महाधिवेशनबाट हिलिहाङ

नेपाली काङ्ग्रेस पाँचथर प्रदेश-क मा हिलिहाङका गणेश पोख्रेल र प्रदिप भण्डारी सभापति र सचिवमा विजयी

फिदिम, नेपाली काङ्ग्रेसको पन्ध्रौ महाधिवेशनमा पाँचथर प्रदेश-क मा हिलिहाङका गणेश

इन्द्रेणी झै बहुल रङ्गको उत्कृष्ठ सम्मिश्रण हो उपन्यास “किवाहाङ”- बहुलरङको कसीमा ।

इन्द्रेणी झै बहुल रङ्गको उत्कृष्ठ सम्मिश्रण हो उपन्यास “किवाहाङ”- बहुलरङको

नेपाली काङ्ग्रेसको पन्ध्रौ महाधिवेशनमा हिलिहाङबाट ४ जना महाधिवेशन प्रतिनिधी उम्मेद्वार, एक जना निर्विरोध

फिदिम, नेपाली काङ्ग्रेसको पन्ध्रौ महाधिवेशनमा हिलिहाङ गाँउपालिकाबाट ४ जना केन्द्रिय

बदलिएको कांग्रेस २.० ले विचारमा गरेका लामो हातहरु

बदलिएको कांग्रेस २.० ले विचारमा गरेका लामो हातहरु । १.