२१ मंसिर २०८१, शुक्रबार | December 6, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पहिराेले अछाममा ठुलो मानवीय क्षति ,१२काे मृत्यु,११बेपत्ता,११घाइते ।



रीता थाम्सुहाङ/काठमाडौं ,१ असाेज,हिजाेदेखीकाे अविरल बर्षापछि गतराती आएकाे पहिराेले अछाम जिल्लाकाे तुर्माखाद गाउँपालिका र कमलबजार नगरपालिकामा व्यापक धनजनकाे क्षति भएकाे अछाम जिल्लाप्रशासनले जनाएको छ।

आज विहान १०:००बजेसम्मकाे विवरणअनुसार तुर्माखाद-५काँडाचौरमा पदमसिंह विष्टकाे घर पुरिँदा २जनाकाे मृत्युु हुनाकाे साथै ७जना बेपत्ता छन्।ढकारी-२मा १जनाकाे मृत्यु हुनाकाे साथै १बेपत्ता छन्।कमलबजार नगरपालिका -८मा ५जनाको मृत्यु हुनाकाे साथै १जना घाइतेको उद्धार गरिएकाे छ ।कमलबजार-६ मा ४ जनाकाे मृत्यु हुनाकाे साथै ३बेपत्ता रहेकाे जनाइएको छ।

जिल्ला प्रशासन कार्यालय अछामकाे अनुसार ११घाइते छन् १२जनाकाे मृत्यु भएकाे र ११जना बेपत्ता छन्।आउनै लागेकाे नेपालीहरुकाे महान चाड दशैकाे मुखमा यसरी प्राकृतिक विपत्तिमा परि मानविय क्षति हुनु अत्यन्तै दु:खद रहेकाे जनाइएको छ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : ११ बजे

किर्तिपुर नगरप्रमुखमा नेपाली काङ्ग्रेसको कृष्ण मान डङ्गोल विजयी

काठमाडौं, किर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका कृष्णमान डङ्गोल ५ हजार

स्थानिय निर्वाचन उपचुनाव, हालसम्म १५ वडाध्यक्षसहित काङ्ग्रेसको अग्रता

काठमाडौं, हिजो सम्पन्न स्थानिय निकायको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

निमावि अङ्ग्रेजीको लिखितको नतिजा सार्वजनिक, समावेशीमा चर्को प्रतिष्पर्धा

विराटनगर, शिक्षक सेवा आयोगले निमावि अङ्ग्रेजी विषयको  लिखित परिक्षाको नतिजा

प्रियङ्का गान्धीक‍ो केरलको वायनाड सिटमा चारलाख मतान्तरद्वारा जित

काठमाडौं, हालै सम्पन्न ल‍‍ोकसभा उपनिर्वाचनमा भारतीय राष्ट्रिय काङ्ग्रेसको महासचिव तथा