५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रसुवामा सवारी कारबाहीबाट दुई लाख ४१ हजार रकम सङ्कलन


१६ भदौ २०७९, बिहिबार  


रसुवामा ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका दुई सय ५० सवारीसाधनबाट २ लाख ४१ हजार ५ सय राजश्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को साउन महिनामा रसुवा जिल्लाभरबाट कारबाहीमा परेका सवारीसाधनबाट जरिवाना स्वरूप उक्त रकम सङ्कलन भएका हुन् ।

जिल्ला ट्राफिक कार्यालय रसुवाका इन्चार्ज उज्वलकुमार घलेका अनुसार साउन महिनामा चीनमा कोरोना देखा परेपछि आयात हुने मालसामान बन्द भएको र मुख्य पासाङल्हामु राजमार्गभित्र पर्ने सडक साउन २५ गते राति अत्यधिक वर्षाका कारण भासिएकाले राजश्वमा कमी आएको बताए ।

यस्तै ७५ मोटरसाइकल लाई कारबाही गर्दा ७५ हजार,कार जिप ५० वटा बाट ५० हजार,अन्य ठुला सवारीसाधन १ सय २५ वटा बाट १ लाख १६ हजार ५ सय रुपैयाँ राजश्व उठेको हो । पहिरोका कारण एक हाईलक्स गाडीको क्षति भएको छ तर मानवीय क्षति चाहिँ नभएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  २ : ५२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज