उदयपुर,चुनावी महाभिडन्त २०७९ मा उदयपुर -२ बाट लाेकतान्त्रिक वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएको नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा विपक्षी उम्मेदवार भन्दा ३,४९२ मतले ग्रिन जाेनमा हुनुहुन्छ ।
याे तथ्यांक गत स्थानीय निकाय निर्वाचनमा उदयपुर-२ मा पर्ने ताप्ली,रौतामाई,लिम्चुङबुङ र उदयपुर गढी गाउँपालिका तथा कटारी नगरपालिकामा स्थानीय निकाय प्रमुखहरुले प्राप्त गरेकाे मतकाे आधारमा तयार गरिएकाे हाे।साे निर्वाचनमा चारवटै स्थानीय निकायमा लाेकतान्त्रिक गठबन्धनकाे प्रमुखहरूले विजयी बन्दै २०,००७ मत पाउँदा एमालेका उम्मेदवारहरुले १६,५७५ मत ल्याउनु भयाे।
ताप्लि,रौतामाई,लिम्चुङबुङ र उदयपुर गढि गाउपालिकामा लाेकतान्त्रिक गठबन्धनको उम्मेदवारहरुले क्रमश:२,५८६ मत,४,३०५ मत,२,०५१ मत र ४,६४८ मत ल्याएर विजयी बन्दा एमालेका उम्मेदवारहरुले १,७४९ मत,३,३४६ मत,१,६२५ मत र ३,८६३ मत पाउनु भयाे। उता कटारी नगरपालिकामा गठबन्धनका उम्मेदवारले ६,४१७ मत पाउँदा एमालेका उम्मेदवारले ५,९५२ मत पाएकाे थियाे।








प्रतिक्रिया