६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा केन्द्रीय सह-महामन्त्री आङ्देम्बे एमालेका नेम्वाङ भन्दा सुरक्षित



रीता थाम्सुहाङ/फिदिम,यहि मंसिर ४गते हुने प्रतिनिधि सभाकाे निर्वाचनमा एकमात्र सिट रहेकाे पाँचथरमा संयुक्त लाेकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार एवम् संविधानसभा सदस्य नेपाली काङ्ग्रेसका केन्द्रीय सहमहामन्त्री भिष्मराज आङ्देम्बे अर्का उम्मेदवार नेकपा एमालेका केन्द्रीय सदस्य बशन्तकुमार नेम्वाङ भन्दा सुरक्षित तथा कम्फर्टेबल जाेनमा हुनुभएको तथ्य  जानकारीमा आएकाे छ।

हिलिहाङ डटकमले गत स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेकाे मतकाे तथ्यांककाे विश्लेषण गरेकाे थियाे। साे विश्लेषण अनुसार आङ्देम्बे प्रदेश सभा क मा ४,२९१ मत र प्रदेश सभा ख मा ४,७८८ मत गरि ९,०७९ मतले नेम्वाङ भन्दा अघि देखिनु भएकाे छ।याे तथ्यांकमा जसपा,राप्रपा लगायत अन्य दलकाे मत समावेश छैैन्।

प्रदेश क मा सहमहामन्त्री भिष्मराज आङदेम्बे सहितकाे गठबन्धनको वडाध्यक्षहरुले प्राप्त गरेकाे मत २१,७५२ र प्रदेश ख मा १८,३०५ गरि ४०,०५७ छ भने नेम्वाङलाई जाने एमालेका वडाध्यक्षहरुकाे मत प्रदेश क मा १७,४६१ र प्रदेश ख मा १३,५१७ गरि ३०,९७८ देखिन्छ ।

पालिकागत हेर्दा फाल्गुनन्द , फालेलुङ,मिक्लाजुङ,तुम्वेवा,फिदिम,याङवरकमम मतान्तर अधिक देखिन्छ भने नेम्वाङ हिलिहाङ र कुम्मायकमा झिनाे मतले अघि छन्।

गठबन्धनका वडाध्यक्षहरुले याङवरकमा ४,१७५ पाउदा एमालेका उम्मेदवारहरुले ३,९७८ ल्याएका छन् भने फिदिमका ११वटा वडामा गठबन्धनका उम्मेदवारहरुले ७,२५९ र एमालेका उम्मेदवारले ५,९४४ मत पाएकाे देखिन्छ ।उता फालेलुङमा गठबन्धनको ५,९२० र एमालेकाे २,९२४ मत तथा हिलिहाङमा गठबन्धनको ४,३९८ र  एमालेकाे ४,६१५ मत देखिन्छ ।

उता प्रदेश ख मा फाल्गुनन्दमा गठबन्धनको ५,६०२ र एमाालेकाे ३,७२६ मत आउदा मिक्लाजुङमा गठबन्धनको बडाध्यक्षले ५,६५६ मत प्राप्त गर्दा एमालेकाे उम्मेदवारले ३,७६१ मत ल्याएका छन्।तुम्वेवामा गठबन्धनकाे २,८०९ र एमालेकाे २,२२९ र फिदिममा क्रमशः २,०४६ र ९४९ पाएकाे छन् भने कुम्मायकमा २,१९२ र २,८५२ रहेकाे छ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ५ : ०६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज