५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वकप महिला भलिबलमा एसियाली चुनौती समाप्त,



नाेगेनहाङ लिम्बू /नेदरल्यान्ड र पाेल्यान्डमा संयुक्तरूपमा आयाेजित विश्वकप महिला भलिबलमा क्वाटरफाइनलमा चीन र जापानको हारसंगै एसियाली चुनौती समाप्त भएको छ।

नेदरल्यान्डकाे एल्पेलेपमा सम्पन्न पहिलो क्वाटरफाइनलमा इटालीले चीनलाई ३-१ले हरायो। सेमिफाइनलमा सर्वियासँग भेट पक्का गर्न इटालीले चीनलाई २५-१६,२५-२२,१५-२५ र २५-१७ ले हरायो ।

पाेल्यान्डकाे ग्लिविसमा सम्पन्न दाेस्राे क्वाटरफाइनलमा सर्वियाले घरेलु टाेलीलाई ३-२ ले हरायो।सेमिफाइनलमा इटालीसँग भिड्न कठिन जित हात पार्दै पाेल्यान्डसँग २१-२५,२५-२१,२५-१९,२४-२६,१६-१४ काे स्काेर हात पार्याे।

उता नेदरल्यान्डकाे एल्पेलेपमा सम्पन्न अर्को क्वाटरफाइनलमा ब्राजिलले जापानकाे चुनौती प्रतिष्पर्धात्मक खेलमा ३-२ ले  समाप्त पार्याे। अमेरिका सँग फाइनलमा भेट गर्न १८-२५,१८-२५,२५-२२,२५-१७ र १५-१३ काे जीत ब्राजिलले निकाल्याे।

पाेल्यान्डकाे ग्लिविसमा सम्पन्न चौथाे क्वाटरफाइनलमा अमेरिकाले टर्कीलाई २५-२२,२५-१८ र २५-२१ले हराउँदै सेमिफाइनलमा ब्राजिलसँग भेट पक्का गर्याे।

 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ८ : २५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज