५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बसन्ता सम्बाहाम्फेको कृति ‘पालाम : हेन्जिला, मुक्सि नु परिक्हा’ (पालाम : परिभाषा, तत्त्व र प्रकारहरू) राजधानीमा विमोचित



काठमाडौं । लेखक बसन्ता सम्बाहाम्फेको अनुसन्धानात्मक कृति ‘पालाम : हेन्जिला, मुक्सि नु परिक्हा’ (पालाम : परिभाषा, तत्त्व र प्रकारहरू) राजधानीमा विमोचन भएको छ ।लिम्बू पत्रकार संघको आयोजनामा हिजो अनामनगरस्थित युनियन हाउसमा आयोजित कार्यक्रममा  साहित्यकार येहाङ लावतीले सो कृति विमोचन गरे ।

प्रमुख अतिथि  लावतीले याक्थुङ–लिम्बू समाजको मौखिक ज्ञान, संस्कृति र परम्परालाई अध्ययन तथा अनुसन्धानमार्फत दस्तावेजीकरण गर्नु आवश्यक रहेको बताए ।

लेखिका बसन्ता सम्बाहाम्फेले कृतिमा पालामलाई केवल प्रेम वा मनोरञ्जनका लागि प्रस्तुत गरिने लोकगीतका रूपमा मात्र नभई लोकछन्द, लोकलय, प्रस्तुति–परम्परा र सांस्कृतिक अभिव्यक्तिको महत्वपूर्ण विधा रहेको बताइन । उनको अनुसार कृतिमा पालामको परिभाषा, संरचना, तत्त्व, स्वरूप, प्रकार, सौन्दर्यशास्त्र तथा सैद्धान्तिक आधारलाई अनुसन्धानपरक ढङ्गले प्रस्तुत गरिएको छ ।

विमोचन कार्यक्रममा कृतिमाथि प्राज्ञ यासेली योङहाङले लिम्बू भाषामा र साहित्यकार तथा चलचित्रकर्मी सागर केरुङले नेपाली भाषामा समीक्षा गरेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ९ : ०० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज