फिदिम, नेपाली काङ्ग्रेसको पन्ध्रौ महाधिवेशनमा पाँचथर प्रदेश-क मा हिलिहाङका गणेश पोख्रेल र प्रदिप भण्डारी सभापति र सचिवमा विजयी भएका छन् ।
फिदिमस्थित कांग्रेस पार्टी कार्यालयमा सम्पन्न प्रदेश कार्य समितिको निर्वाचनमा हिलिहाङ-७ का गणेश पोखरेलले ४१० मत ल्याएर सभापति पदमा विजयी बने । उनको निकटतम प्रतिद्वन्दी फालेलुङका अमिर केरुङले २९३ मत प्राप्त गरे । सभापति पदमा मतान्तर ११७ रह्यो।
यसरी नै सचिव पदमा १०१ मतान्तरका साथ हिलिहाङ-४ का प्रदिप भण्डारीले जीत हात पारे । उनले ३८३ मत ल्याएर विजयी बन्दा हिलिहाङ-६ कै कर्णश्याम लावतीले २८२ मत प्राप्त गरे ।
यसरी नै प्रदेश प्रतिनिधिमा रामकुमार खेवाङ ४३३ मत, रुपेन्द्र तामाङ ४१० मत र डम्बरबहादुर लिङदेनले ३९७ मत प्राप्त गर्दै विजयी बनेका छन् ।








प्रतिक्रिया