४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

क्रान्तिकारी योद्धा स्वर्गीय भुविक्रम नेम्बाङको स्मृतिमा १०औँ स्मृति कार्यक्रम विर्तामोडमा मनाइयो ।



बिर्तामोड । क्रान्तिकारी योद्धा स्वर्गीय भुविक्रम नेम्बाङको स्मृतिमा १०औँ स्मृति कार्यक्रम विर्तामोडमा मनाइयो ।

प्रमुख अतिथी पूर्व मन्त्री नरेन्द्र विक्रम नेम्बाङ तथा विशेष वक्ता रङ्गवादी कवि तथा बिचारक धर्मेन्द्र विक्रम नेम्बाङ लगायत स्व. नेम्बाङको परिवारजन एवम् पत्रकार र अन्य गण्यमान्य व्यक्तिहरुको सघन उपस्तिथी विर्तामोड-४ स्थित आदर्श ब्याङ्केटमा नेम्बाङको स्मृति कार्यक्रम मनाइएको हो  ।

कार्यक्रम संचालन भने सुन्दर कुरुप तथा अध्यक्षता भने मुकुम नेम्बाङले गर्नुभएको थियो ।

प्रमुख अतिथी पूर्व मन्त्री नरेन्द्र विक्रम नेम्बाङले स्व. नेम्बाङले आफ्नो पूरै जीवन नेपालको लोकतान्त्रिक आन्दोलनको खातिर समर्पण गर्नुभएको बताउनुहुँदैउहाँको सादिगताको चर्चा गर्दा भावुक बन्नु भएको थियो ।
विशेष वक्ता रङ्गवादी कवि तथा बिचारक धर्मेन्द्र विक्रम नेम्बाङले  स्व. नेम्बाङले २०१८ सालमा सुरु गर्नुभएको पन्चायतविरोधी सशस्त्र आन्दोलन अन्तत: गणतन्त्रमा पुगेर साकार भएको बताउनुभयो ।
उहाँले त्यसपछिको विभिन्न आन्दोलनहरुमा स्व. नेम्बाङको सक्रिय सहभागिता रहेकोले उहाँको योगदान सदैव स्मरणिय रहने चर्चा गर्नुभयो । स्वागत मन्तब्य नेपाली काङ्ग्रेस कोशी प्रदेश सदस्य तथा नेम्बाङ परिवारकै सदस्य शोभा श्रेष्ठ नेम्बाङले गर्नुभएको थियो ।
थेवा एकेडेमीको आयोजनामा भएको उक्त कार्यक्रममा स्व. नेम्बाङको राजनीतिक, सामाजिक तथा वैचारिक योगदानको स्मरण गर्दै उहाँको जीवन, संघर्ष र विचारमाथि उपन्यासकार मनु योङहाङ, रन्धोज नेम्बाङ स्मृति प्रतिष्ठानको सचिव हिम्मत नेम्बाङ, पत्रकार तिर्थ सिग्देल, नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाई, फाल्गुनन्द गाउँपालिका पाँचथरका पूर्व उपाध्यक्ष देवित्रा आङ्देम्बे  तथा थेवा एकेडेमीका अध्यक्ष मुकुम नेम्बाङ  लगायतका अन्य वक्ताहरुले चर्चा गर्नु भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ९ : ३३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज