५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बिरामी बुवाको उपचार खर्च लिएर बीपी जाँदै गरेका प्रधानाध्यापक शेर्माको दुर्घटनामा निधन



सुनसरीको धरान स्थित बिरामी बुवाको उपचारको लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार खर्च पुर्‍याउन आउने क्रममा मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय रमणीय माध्यमिक विद्यालय दुधेका  प्रधानाध्यापकको गिरीराज शेर्माको ज्यान गएको छ ।

शेर्मा पाँचथरको तुम्बेवा गाउँपालिका वडा न १ घर भई झापाको शिबसताक्षी नगरपालिका वडा नम्बर ८ दुधे स्थित रहेको राष्ट्रिय रमणीय माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रूपमा कार्यरत हुनुहुन्थ्यो ।  उहाँ ४९ बर्षको हुनुहुन्थ्यो।

उहाँ शुक्रवार दिउँसो करिब २ बजेतिर आफू हाल बस्दै आएको दमक नगरपालिका वडा नम्बर १ बाट आफ्ना ७३ बर्सिया बुवा देउमान शेर्माको उपचारार्थ खर्च पुर्‍याउन बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष आउँदै गरेका थिए। सोही क्रममा धरान-६ पानबारीस्थित मदन भण्डारी लोक मार्ग स्थित मालपोत छेउ पूर्वपट्टी रहेको ABC MART अगाडि मुख्य हाइवेमा आफैले चलाएको मोटरसाइकल सडक किनाराको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो भने सोही दुर्घटनामा परि प्रधानाध्यापक शेर्माको घटना स्थलमा नै ज्यान गएको हो ।

शेर्माले चलाएको मे १२ प २०३ नम्बरको मोटरसाइकलमा तीव्र गतिमा रहेको र उक्त मोटरसाइकल बिजुलीको पोलमा ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरी चौकी पानमाराले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना लगतै उठाएर बीपी प्रतिष्ठान ल्याइपुराए पनि उहाँको घटना स्थलमा नै ज्यान गई सकेको थियो । हाल बिपि चिकित्सकको प्रक्रिया अनुसार शेर्मालाई मृत घोषणा गरिसकेको छ भने उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ८ : २७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज