उत्कृष्ठ कमव्याकको साथ ७ मिनेटको अन्तरालमा २ गोल गर्दै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
एटलान्टा स्टेडियममा भएको दोस्रो सेमिफाइनल खेलमा ८५ मिनेटमा एन्जो फर्नान्डेज र एक्स्ट्रा समयको दोस्रो मिनेटमा लौटारो मार्टिनेजले गोल गरेपछि इङ्गल्याण्ड २-१ ले पराजित बन्यो ।
यसअघि खेलको ५५ मिनेटमा एन्टोनी गोर्डेनको गोलको मद्दतले इङ्गल्याण्डले अग्रता लिएको थियो ।
अब फाइनल खेल २० जुलाइमा न्यूयोर्कमा स्पेन र अर्जेन्टिना भिड्नेछन् । विश्वकपमा स्पेन र अर्जेन्टिना १९६६ मा भिड्दा अर्जेन्टिनाले स्पेनलाई २-१ ले हराएको थियो ।
तेस्रो स्थानको लागि इङ्गल्याण्डले फ्रान्ससँग जुलाइ १८ मा मियामी स्टेडियममा भिड्नेछन् । विश्वकपमा ३ पटक आमनेसामनेमा इङ्गंल्याण्डले २ पटक र फ्रान्सले १ पटक जीत हात पारेका छन् ।








प्रतिक्रिया