विश्वकप फुटबलमा लियोनल मेस्सीको एक गोलको मद्दतले अर्जेन्टिना उत्कृष्ठ कम्व्याकको साथमा १४ मिनेटमा ३ गोल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
एट्लान्टा स्टेडियममा सम्पन्न राउण्ड १६ मा अन्तिम ११ मिनैट सम्हालिन नसक्दा ७९ मिनेटसम्म सुरुवाती २ गोलले अग्रता लिएको इजिप्ट अर्जेन्टिनाद्वारा ३-२ले पराजित हुँदै घर फर्किएको छ ।
इजिप्टका लागि यासेर इब्राहिमले १५ मिनेटमा र मूस्तफा जिकोले ६७ मिनेटमा गोल गरेका थिए भने अर्जेन्टिनाको लागि क्रिस्टान रोमेरोले ७९ मिनेटमा, मेस्सीले ८३ मिनेटमा र इन्जो फर्नान्डेजले ९४ मिनेटमा गोल गरे ।
यो गोलसङ्गै मेस्सी सर्वाधिक ८ गोलका साथ गोल्डेन बुटमा सबैभन्दा अघि छन् ।








प्रतिक्रिया