काठमाडौं । म्यान्चेष्टर सिटीका २५ वर्षिय स्ट्राइकर इर्निङ हालन्ड चम्किएपछि पाँचपटकको विश्वविजेता ब्राजिल राउन्ड अफ १६ बाट घर फर्किएको छ ।
न्यु योर्क सिटीमा सम्पन्न खेलमा साढे ६ फुट अग्लो हालाडले ११ मिनेटमा गरेको २ गोलको मद्दतमा नर्वेद्वारा ब्राजिल २-१ले पराजित भयो । उनले ७९ र ९० मिनेटमा गोल गरे । उता ब्राजिलको लागि नेयमारले थपिएको समयको अन्त्यतिर पेनाल्टीमा १ गोल गरे ।
चालु विश्वकपमा यो २ गोल सङ्गै हालान्डको ७ गोल पुगेको छ । उनी अर्जेन्टिनी स्टार मेस्सी र फ्रान्सेली एम्बाप्पे सङ्गै समान रुपमा गोल्डेन बुटको दावेदारमा शिर्ष स्थानमा छन् । यद्यपि एम्बाप्पे २ एसिस्टसहित अग्रस्थानमा छन् ।








प्रतिक्रिया